भर्खरै :

भक्तपुरका भूषण चीनमा सम्मानित

काठमाडौँ, २७ साउन । भक्तपुरका युवा वैज्ञानिक भूषण कायस्थ चीनमा सम्मानित हुनुभएको छ ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरिजमा कार्यरत नेपाली वैज्ञानिक कायस्थलाई गत साउन १९ गते पेइचिङमा आयोजित एक भव्य समारोहबीच चीनकै विशिष्ट मानिएको ‘चीन मित्रता सम्मान’ बाट सम्मानित गरिएको हो । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षको अवसरमा पेइचिङको बेइजिङ अन्तर्राष्ट्रिय होटेलमा आयोजित समारोहमा भूषणलाई सो सम्मानबाट सम्मानित गरिएको हो । उहाँलाई ‘प्रिन्स अफ नेपाल’ को सम्मानबाट पनि सम्मान गरिएको छ । ‘चीन मित्रता सम्मान’ पदकबाट सम्मानित हुने भूषण हालसम्मकै सबभन्दा कान्छो व्यक्ति हुनुहुन्छ । यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुन, अमेरिकी व्यापारी स्टिभेन सी. रकफेलर जुनियर, नोबेल पुरस्कार विजेता तु युयु, पियानोका विख्यातवादक ल्याङ ल्याङलाई सो सम्मानबाट सम्मानित गरिएको थियो ।
‘पाँचौँ चाइनिज ग्लोबल इन्फ्लुएन्स फेस्टिबल’ मा भूषणलाई सम्मान गरिएको थियो ।
चिनियाँ विज्ञान प्रतिष्ठानको क्लाउड कम्प्युटिङ सेन्टर, चाइना इन्टरप्राइजेज पार्क इन्टरनेसनल कोपरेसन एलाइन्स, चाइना सर्कुलेसन इन्डस्ट्रिज पोलिटिकल रिसर्च इन्स्टिच्युटलगायत चालीस अन्य सङ्गठनसँगको सहकार्यमा चीन सरकारले आयोजना गरेको सो कार्यक्रममा संसारका विभिन्न देशमा कार्यरत चिनियाँ विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको चिनियाँ विज्ञान प्रतिष्ठान नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरिजको वेभसाइटमा उल्लेख छ ।
भूषण लामो समयदेखि चीनको राजधानी पेइचिङमा बस्दै आउनुभएको छ । काठमाडौँ, २७ साउन । भक्तपुरका युवा वैज्ञानिक भूषण कायस्थ चीनमा सम्मानित हुनुभएको छ ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरिजमा कार्यरत नेपाली वैज्ञानिक कायस्थलाई गत साउन १९ गते पेइचिङमा आयोजित एक भव्य समारोहबीच चीनकै विशिष्ट मानिएको ‘चीन मित्रता सम्मान’ बाट सम्मानित गरिएको हो । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्षको अवसरमा पेइचिङको बेइजिङ अन्तर्राष्ट्रिय होटेलमा आयोजित समारोहमा भूषणलाई सो सम्मानबाट सम्मानित गरिएको हो । उहाँलाई ‘प्रिन्स अफ नेपाल’ को सम्मानबाट पनि सम्मान गरिएको छ । ‘चीन मित्रता सम्मान’ पदकबाट सम्मानित हुने भूषण हालसम्मकै सबभन्दा कान्छो व्यक्ति हुनुहुन्छ । यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुन, अमेरिकी व्यापारी स्टिभेन सी. रकफेलर जुनियर, नोबेल पुरस्कार विजेता तु युयु, पियानोका विख्यातवादक ल्याङ ल्याङलाई सो सम्मानबाट सम्मानित गरिएको थियो ।
‘पाँचौँ चाइनिज ग्लोबल इन्फ्लुएन्स फेस्टिबल’ मा भूषणलाई सम्मान गरिएको थियो ।
चिनियाँ विज्ञान प्रतिष्ठानको क्लाउड कम्प्युटिङ सेन्टर, चाइना इन्टरप्राइजेज पार्क इन्टरनेसनल कोपरेसन एलाइन्स, चाइना सर्कुलेसन इन्डस्ट्रिज पोलिटिकल रिसर्च इन्स्टिच्युटलगायत चालीस अन्य सङ्गठनसँगको सहकार्यमा चीन सरकारले आयोजना गरेको सो कार्यक्रममा संसारका विभिन्न देशमा कार्यरत चिनियाँ विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको चिनियाँ विज्ञान प्रतिष्ठान नेसनल एस्ट्रोनोमिकल अब्जर्भेटरिजको वेभसाइटमा उल्लेख छ ।
भूषण लामो समयदेखि चीनको राजधानी पेइचिङमा बस्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *