अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
श्रीनगर, ३० साउन । छिमेकी देश भारत र पाकिस्तानबीच काश्मीर क्षेत्रमा लडाइँको पूर्वसड्ढेत देखिएको छ । बिहीबार दुइ देशको सीमा क्षेत्रमा भएको गोली हानाहानमा आफ्ना तीन सिपाहीं मारिएको पाकिस्तानले बताएको छ । पाकिस्तानी सेना प्रवक्ता मेजर जनरल असिफ घाफुरले दुई देशका सेनाबीच भएको गोली हानाहानमा आफ्ना तीन र भारतका पाँच जना सिपाहीं मारिएको ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । तर, भारतले भने पाँच भारतीय सेना मारिएको पाकिस्तानी सेनाको दाबीको खण्डन गरेका छन् ।
भारतले आप्mनो पक्षबाट कोही पनि घाइते नभएको बताएको छ । “कोही पनि घाइते भएका छैनन् भन्ने दाबी गलत हो”, भारतीय सेनाका प्रवक्ताले जवाफमा भनेका छन् ।
भारतीय सेनाले लाइन अफ कन्ट्रोलमा दुई देशबीच भएको युद्धविराम सम्झौता पाकिस्तानले तोडेको आरोप लगाएको छ । बिहीबार भएको गोली हानाहानमा तीन जना सर्वसाधारण मारिएको पनि स्रोतले जनाएको छ ।
जम्मु काश्मीर क्षेत्रलाई भारत संविधानले दिएको विशेषाधिकारको खारेजीसँगै लामो समयदेखि काश्मीरको विषयमा झगड्दै आएका दुई देशबीच फेरि द्वन्द्वको अवस्था बनेको हो । पाकिस्तानले धारा ३७० खारेज गर्ने भारतको कदमको विरोध गर्दै आएको छ ।
पाकिस्तान र चीनको आग्रहमा शुक्रबार जम्मु काश्मीरको विशेषाधिकार हटाउने भारतको निर्णयबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठक हुनुअघि नै दुई देशबीच बिहीबार दोहोरो भिडन्त भएको हो ।
“पाकिस्तान द्वन्द्व उछाल्न चाहँदैन । तर, भारतले हाम्रो धैर्यतालाई कमजोरी मान्नु गल्ती हुनेछ”, पाकिस्तानका विदेशमन्त्री शाह मोहमूद कुराशीले सुरक्षा परिषद्लाई लेखेको पत्रमा भन्नुभएको छ ।
“भारतले फेरि पनि शक्ति प्रयोगको विकल्प रोजे पाकिस्तान प्रतिक्रिया दिन बाध्य हुने छ । आफ्नो क्षमताअनुसार आत्मरक्षाको लागि कदम चाल्न बाध्य हुनेछ”, उहाँले भन्नुभएको छ ।
राष्ट्र सङ्घका महासचिवले जम्मु काश्मीरको विशेषाधिकारलाई प्रभावित पार्ने कुनै पनि कदम नचाल्न दुवै देशलाई आग्रह गर्नुभएको छ ।
Leave a Reply