अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
विराटनगर, ३२ साउन । तीन पुस्तादेखि मुआब्जाका लागि सङ्घर्ष गरिरहेका कोसी कटान पीडितले शनिबारदेखि सप्तरी र सुनसरीको सीमामा रहेको कोसी ब्यारेजमा रिले अनसन सुरु गरेका छन् । नेपाल–भारत कोसी सम्झौताअनुसार कोसीको कटानमा परी सयौँ बिघा जग्गा गुमाएकोले मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै रिले अनशन सुरु गरेका हुन् ।
कोसी नदी कटान डुबान पीडित सङ्घर्ष समितिको अगुवाइमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले सप्तकोसी ब्यारेजमा आमसभा गरेपश्चात् रिले अनसन सुरु गरे । रिले अनसनको सुरुआत गर्दै शनिबार पहिलो दिन कोसी नदी कटान डुबान पीडित सङ्घर्ष समितिका ११ जना रिले अनसनमा बसेका हुन् ।
सप्तरी, सुनसरी र उदयपुर जिल्लाबाट विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर भेला भएका सयौँ प्रदर्शनकारीले प्रदर्शन गर्दै मुआब्जा र क्षतिपूर्ति रकम नपाउञ्जेल आन्दोलन जारी राख्ने बताए । विरोधसभामा प्रदेशसभा २ का सदस्य सत्यनारायण मण्डलले कोसी सम्झौताअनुसार भारतीय सरकारले पीडितलाई क्षति नदिएर अन्याय गरेको बताउनुभयो ।
सङ्घर्ष समितिका संयोजक चौधरीले जग्गा र बाली क्षतिको मुआब्जा नपाएको, जग्गाको सुरक्षा नभएको र नेपाल–भारत सरकारबीच भएको कोसी सम्झौता कार्यान्वयन नभएकाले रिले अनसन सुरु गरिएको बताउनुभयो ।
सप्तरी र सुनसरीको सिमानामा रहेको सप्तकोसी नदी पुल निर्माणको क्रममा भारत सरकारले ७५ वर्षअघि अधिग्रहण गरेको, कटान र डुबानमा परेको सयौँ बिघा नम्बरी जग्गाको मुआब्जा अझै नपाएको पीडितको गुनासो छ ।
सङ्घर्ष समितिले गत साउन १३ गते जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि रिले अनसन सुरु गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो ।
Leave a Reply