भर्खरै :

‘पत्रकारले लङ मार्चको बाटोमा फेरि लाग्न आवश्यक’ राष्ट्राध्यक्ष सी

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय समितिको सैनिक आयोगका अध्यक्ष सी चिन फिङले “पत्रकारले लङ मार्च बाटोमा पुनः लाग्न आवश्यक” शीर्षकमा अन्तर्वार्ता कार्यक्रममा महत्वपूर्ण निर्देशन दिनुभएको छ ।
उहाँका अनुसार नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका उपलक्ष्यमा पूरै कम्युनिस्ट पार्टीले “प्रारम्भिक विचार नबिर्सेर कार्यभारको गहन याद गर्नुपर्ने” मुख्य शिक्षा रहेको साथमा केन्द्रीय समितिको प्रचार मन्त्रालयले उक्त अन्तर्वार्ता कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा क्रान्तिसम्बन्धी महान कथाको जानकारी दिँदै बलिदानबाट सिर्जना गरिएको महान लङ मार्चको भावनालाई व्याख्या गरेको हो ।
राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार महान लङ मार्च भावना पूरै कम्युनिस्ट पार्टी र देशभरका विभिन्न जातिहरूका लागि दृढताका साथ अगाडि हिँड्दै जाने बलियो भावना प्रवद्र्धन शक्ति हो । कम्युनिस्ट पार्टीका समस्त सदस्य र पदाधिकारीले कम्युनिस्ट पार्टीको इतिहास, नयाँ चीनको इतिहासबाट सिक्दै कम्युनिस्ट पार्टीको प्रारम्भिक विचार र कार्यभारलाई आफ्नो मनमा गहिरो राख्दै महान जन गणतन्त्र चीन पुनःरुत्थान भएको ऐतिहासिक प्रक्रियामा नयाँ युगको लङ मार्च बाटोमा राम्ररी लाग्दै जानुपर्छ ।
यस वर्ष नयाँ चीनको स्थापना भएको ७० औँ वार्षिकोत्सव मात्र नभइ लाल सेनाको लङ मार्चको ८५ औँ वार्षिकोत्सव पनि हो । जुन ११ देखि अप्रिल १८ तारिखसम्म आयोजना भएको उक्त अन्तर्वार्ता कार्यक्रममा १३०० जना पत्रकारहरूले लाल सेनाको लङ मार्चको पाइलाबमोजिम तत्स्थान क्षेत्रको वास्तविक अन्तर्वार्ता लिएका छन् ।
जसबाट सार्वजनिक जम्मा गरी दश हजारभन्दा बढी विभिन्न समाचारले सक्रिय सामाजिक प्रतिक्रिया उठाएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *