भर्खरै :

बोडेको नील बाराही नाच

– सजीव श्रेष्ठ
मध्यपुर, १ भदौ । बोडेको नील बाराही नाच आइतबारदेखि प्रारम्भ भयो । प्रत्येक वर्ष गुँलागा पञ्चमीसम्म नचाइने सो नाच मङ्गलबारसम्म हुनेछ । यस नाचमा भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, व्दारपाल २ र गणेश ४ गरी १९ जना देवी देवताहरू हुन्छन् । ती देवगणहरूले घरबाट निस्केदेखि खाना खानु र बोल्नु हुँदैन । पानी परे ओटसमेत लाउन हुँदैन । प्रत्येक देवी देवताको एक–एक वटा सुकुन्दा (बत्ती) लगेको हुन्छ । सुकुन्दा पनि निभ्न दिनुहुँदैन । यस नाचमा गुरु, देवता, धाँ बाजा, प्वङ्गा बजाउने, सहनाइ बजाउने, भुस्याय छुस्याय् बजाउने, चिराग बत्ती बाल्ने आदि गरी ८९ जना व्यक्तिहरू संलग्न हुन्छन् । थुप्रैका मान्छे, सरिक भएर प्रदर्शन हुने यो नाच नेपालकै ठूलो नाचमा पर्दछ । यो नाच मङ्गलबार दिनभरि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *