आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
हङकङ, १८ अगस्ट । हङकङको तमर पार्कमा शनिबार शान्ति र स्थायित्वको माग गर्दै विशाल प्रदर्शन भयो । प्रदर्शनमा ४ लाख ७ हजारभन्दा बढी मानिस सहभागी थिए । उनीहरूले ‘हिंसा मुर्दावाद !’ र ‘हङकङलाई जोगाऔं !’ जस्ता नारा लगाइरहेका थिए ।
अपरान्ह त्यस्तै ४ बजे तमर पार्कमा मानिस ओइरिन थालेका थिए । झन्डै एक घण्टापछि चीनको राष्ट्रिय गानसँगै सभा सुरु भएको थियो ।
सहभागीहरूले चीनको राष्ट्रिय झन्डा र हङकङ विशेष प्रशासनिक क्षेत्रको झन्डा फहराएका थिए । उनीहरूले ‘उपद्रव बन्द गर !’, ‘हिंसा मुर्दावाद !’, ‘हङकङ जोगाऔं !’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । भारी वर्षामा पनि सहभागीहरू धैर्यका साथ प्रदर्शनमा सहभागी बनेका थिए । उनीहरूले लगाएका नारामा उनीहरूका विचार व्यक्त भएका थिए ।
सभा सुरु हुनुअघि प्रदर्शित भिडियोमा एक जना प्रहरीकी श्रीमतीले सुकसुकाउँदै विपक्षी प्रदर्शनकारीहरू कसरी प्रहरी चौकीमा प्रवेश गरेका थिए र प्रहरीमाथि कस्तो हमला भएको थियो भन्नेबारे सुनाएकी थिइन् । उनले हङकङको सङ्कटपूर्ण समयमा प्रहरी र हङकङको पक्ष लिन आह्वान गरेकी थिइन् । ‘प्रहरी अघि बढ !’, ‘हङकङ जिन्दावाद !’ भिडियो हेरेपछि सहभागीहरूले नारा लगाएका थिए ।
चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका सदस्य ताम यु–चुनले सम्पूर्ण क्षेत्रका जनतालाई हिंसाको विरोध गर्न आह्वान गरे ।
“राष्ट्रिय चिह्न र झन्डा भनेको देशको स्वाभिमान हो । जसले राष्ट्रिय झन्डा र चिह्नको अपमान गर्छ, उनीहरूलाई समग्र देशका जनताको शत्रु मान्नुपर्छ”, उनले थपे ।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हिंसात्मक गतिविधि र पछिल्लो अवैधानिक सभाहरूलाई “संसारकै सबभन्दा कुरूप उपद्रव” को संज्ञा दिंदै चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस आधारभूत कानुन समितिका सहायक निर्देशक मारिया ताम वेई–चुले सबैले अरुको स्वतन्त्रताको सम्मान गर्नुपर्ने र स्वतन्त्रताको प्रयोग गर्दा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउन तथा सार्वजनिक यातायात प्रभावित बनाउन नहुने धारणा राखे ।
हङकङ शैक्षिक मजदुर सङ्गठनका अध्यक्ष वाङ कम–ल्युङले बितेका दुई महिनाबाट हङकङमा हिंसा भड्केको र भर्खरका केटाकेटीहरू बल प्रयोगमा लागेको र कानुनको उल्लङ्कघन गरिरहेको देख्दा दुःख लागेको बताए । उनले युवाहरूलाई “हिंसा रोक्न र दुई पटक सोच्न” आग्रह गरे ।
५७ वर्षीया चन थरकी महिलाले उपद्रव गर्नेले सार्वजनिक यातायात सेवा प्रभावित बनाएको हुनाले आफू काममा जान नपाएको र आफूजस्तै धेरै जनता उनीहरूका त्यस्ता गतिविधिबाट वाक्क मानेको बताइन् ।
“हङकङ शान्तिपूर्ण समाज थियो । अतिवादी उपद्रवले हिंसा रोक्न र शान्तिपूर्ण जीवनमा फर्किन सक्ने अवस्था बनाउनुपर्छ”, उनले भनिन् ।
Leave a Reply