युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
भदौ १४ गतेदेखि जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा दोस्रो स्याउ महोत्सव हुँदै छ । नेपालमै धेरै स्याउ उत्पादन हुने जुम्ला जिल्लाका किसानहरूले आफ्नो उत्पादनको अझ व्यापक प्रचार गर्ने हेतुले थालेको महोत्सवले विगतमा यातायात र सञ्चार असुविधाका कारण ओझेलमा परेको जुम्लाको स्याउ धेरै नेपालीको जानकारीमा पु¥याउन मद्दत गर्नेछ । यातायातको असुविधाका कारण जुम्लाको स्याउ विगतमा जुम्लाकै माटोमा सीमित हुनुपर्ने अवस्था थियो । तर, आज जुम्लाको यातायात हिजोको भन्दा सहज बनिसकेको छ । यातायातको सहजतासँगै जुम्लाको स्याउ नेपाली बजारमा पु¥याइने सम्भावना बढेको छ ।
नेपाली बजारमा भारतीय र चिनियाँ स्याउ ठूलो परिमाणमा खपत हुने गरेको छ । नेपालकै जुम्ला, कालीकोट, मनाङ, मुस्ताङलगायत जिल्लामा फल्ने स्याउले भने अझै पनि चित्तबुझ्दो बजार पाउन सकेको छैन । किसानको बारीमै स्याउ कुहाउनुपर्ने बाध्यताबाट हामी अझ मुक्त हुन सकेका छैनौँ । मिहिनेत अनुसारको आम्दानी र बजार नपाउँदा किसान निरुत्साहित छन् । नेपाली उत्पादन कुहाएर विदेशी स्याउ नेपालमा खपत गर्नुपर्ने अवस्थाले देशको अर्थतन्त्रमा ऋणात्मक प्रभाव पारेको छ ।
नेपाली जनता आफ्नै देशमा फलेको स्याउ कुहाएर विदेशबाट आयातीत स्याउ खानुपर्ने बाध्यताबाट मुक्त बनाउने जिम्मेवारी भने सरकारकै हो । किसानहरूले आफ्नो तर्फबाट गर्ने मिहिनेतले मात्र जुम्लाको स्याउलाई नेपालको बजारमा फैलाउन सकिँदैन । त्यसको निम्ति राज्यकै अग्रसरता महत्वपूर्ण हुन्छ । यातायातको सहजतासँगै जुम्ला र कालीकोटको स्याउ नेपालगञ्ज र सुर्खेत बजारसम्म पुग्ने भएको छ । तर, स्याउको सफाई र प्याकिङ गर्ने प्रविधिको अभावका कारण ती क्षेत्रका स्याउ अझै पनि बजारमा ओझेलमा परेका छन् । स्वादमा मिठो भएर पनि देख्दा नराम्रो हुँदा कतिपय उपभोक्ता जुम्लाको स्याउ पन्छाएर भारतीय र चिनियाँ स्याउमै हात बढाइरहेको देख्छौं । विदेशमा आयात गरिएको कतिपय स्याउ विषादीका कारण अस्वस्थ समेत हुने गरेको छ ।
जुम्ला, कालीकोटको स्याउ विदेशमा निर्यात गर्ने दिन कुनै समय आउला । तर, अहिले भने नेपालकै सबै फलफूल पसलमा जुम्ला कालीकोटको स्याउ पु¥याउने बन्दोबस्त कसरी बनाउने विषयमा राज्यस्तरबाट योजना बनाउन जरुरी छ । जुम्ला,कालीकोटका स्याउलाई बजारमा अरु कुनै पनि ब्रान्डका स्याउभन्दा अब्बल कसरी बनाउने भन्ने विषयमा राज्य स्वयम्ले पहल गर्न जरुरी छ । त्यसको निम्ति प्रविधि आयात र प्रयोगमा राज्यको भूमिका हुन जरुरी छ ।
जुम्ला, कालीकोटमा स्याउ र स्याउका अन्य उत्पादन जस्तै स्याउको चना र रक्सीको बजार प्रवद्र्धनको लागि थालनी भइसकेको छ । त्यसलाई अझ योजनाबद्ध र सबै जनताको हित हुने गरी व्यवस्थापन गर्ने जिम्मेवारी राज्यका निकायहरूकै हो । मनग्य स्रोत र क्षमता भएर पनि आर्थिक रुपमा निकै पछाडि परेको कर्णालीमा गरिबी निवारण र मानवीय विकास अझ गतिवान बनाउन यो सबभन्दा बलियो आधार हुनसक्छ । तर, यसको फाइदा केही टाठाबाठाले मात्र प्राप्त गर्ने अवस्थाप्रति भने सजग हुन जरुरी छ । तरकारी उत्पादक किसानले भन्दा बीचको व्यापारले बढी नाफा कमाउने नेपालीको बजार जुम्लाको स्याउको सन्दर्भमा पनि दोहोरिए जुम्लाको स्याउ केही मानिसको लागि सुनको अण्डा पार्ने कुखुरी होला । व्यापक जनताको लागि भने हिजो र आजको अवस्थामा कुनै अन्तर हुनेछैन । आर्थिक उपार्जन जति महत्वपूर्ण हो, त्यत्तिकै महत्वपूर्ण विषयको समाजमा समान वितरणको व्यवस्था ।
जुम्लाका किसानहरूले थालेको स्याउ महोत्सवलाई अझ व्यापकता दिएर जुम्लाको विशिष्टतालाई देशभरि प्रचारमा ल्याइनुपर्छ । कर्णालीका अन्य उत्पादन जस्तै मार्सी भात, ओखर आदिको प्रवद्र्धन पनि स्याउसँगै प्रवद्र्धन गर्दै जान जरुरी छ ।
Leave a Reply