‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
– वस्तुराज ‘शीतल’
माओवादीले ‘जनयुद्ध’ छेडेको समयमा थुपारेको रकममा व्यापक भ्रष्टाचार भएको कुरा त्यसबेला सञ्चारमाध्यममा आएको थियो । भ्रष्टाचार भएको थाहा पाउन र कारबाहीको प्रक्रिया अघि बढाउन अमिक शेरचनको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको थियो । तर, छानबिन समितिको कुरा बाहिर आएन या भित्रभित्रै फास्सफुस्स भयो । यसअघि एमाले फुट्दा एमालेका नेताहरूबीच एकले अर्कोलाई भ्रष्टाचारको आरोप लगाएका थिए । नेता वामदेव गौतमलाई त एमालेकै नेताहरूले काठमाडौँको खुलामञ्चको सभामा ‘एक नम्बरको भ्रष्टाचारी’ भनेका थिए । ‘एक नम्बरको भ्रष्टाचारी’ गौतम सोही पार्टीमा पछि मिल्यो र पार्टीको एक नम्बरको इमानदार नेता बने । पार्टी एकीकरणपछि छायाँमा परेका तिनै गौतमलाई अहिले नेकपामा उपाध्यक्ष बनाउने प्रस्ताव ल्याइयो । कति पत्रपत्रिकाले ‘नेकपामा शक्तिशाली गौतम’ भनी उनको गुणगान गरे । प्रम ओलीको लगातार खोइरो खन्न पछि नपर्ने गौतमलाई उपाध्यक्षको पद दिएर मुखताल्ने काम ओलीले गरे । यसले स्पष्ट गर्छ, नेकपाका नेताहरू अझै भागबन्डामा अल्झिएका छन्, पद र पैसाकै निम्ति राजनीति गरिरहेका छन् ।
‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर पार्टीभित्र हङ्गा मच्चाउने गौतमले अब पार्टी उपाध्यक्ष, सङ्गठन विभाग प्रमुख र किसान महासङ्घको जिम्मेवारी पाउने चर्चा छ । पार्टीभित्र नेता गौतम पटक–पटक विवादमा फसेका पात्र हुन् । उनले उपचुनावमार्फत फेरि सांसद बन्ने खेल बुनेकै हुन् । अझ निर्वाचित सांसदलाई समेत राजीनामा दिन लगाएर चलखेल गर्ने नेता गौतम कसरी सच्चरित्रका नेता हुनसक्छ ? धेरै पटक धेरै विवादमा फसेका नेता गौतम उपाध्यक्ष बनेपछि नेकपामा शक्तिशाली गौतम भनेर उनको गुणगान गर्नु या फेरि पार्टीमा शक्तिशाली बनेर उदाएको भन्ने कुरामा सच्चाइ के छ ?
वरिष्ठ नेता माधवकुमार नेपाललाई हटाएर अर्का एमालेकै नेता झलनाथ खनाललाई प्रम बनाउने पार्टी एमाले नै हो । यसरी पदको निम्ति राजनीति गरिरहेको एमालेमा नेताहरूको वरीयता छनोटमा विवाद चुलिनु अस्वाभाविक होइन । वरीयतामा नेपाल र खनालबीच पहिले पनि विवाद थियो । अहिले खनालपछि नेपाललाई वरीयता क्रम राखेपछि माधव नेपालको असन्तुष्टि स्वाभाविक हो । सञ्चारमाध्यममा आएका ‘अर्को निर्वाचनसम्म मै हुँ प्रधानमन्त्री’, ‘नेकपामा विवाद गहिरिंदै, नेपालको वरीयता खोसियो, प्रस्ताव पनि अस्वीकृत’, ‘खनाल बढुवा, नेपाल घटुवा’ जस्ता शीर्षकले नेकपाका नेताहरू कुर्सीको निम्ति राजनीति गर्छन् भन्ने थाहा हुन्छ । तेस्रो र चौथो वरीयता क्रममा समेत एकले अर्कोलाई आपत्ति जनाउन पछि नपर्ने ती नेताहरू पदका कति भोका छन् भन्ने सजिलै थाहा हुन्छ । ठूला दलका नेताहरू यसरी नै आफ्नो अधिंकाश जीवनलाई भागबन्डामा बिताएका छन् । नेपाल विकासमा पछि पर्नुको कारणमध्ये एक भागबन्डा र कुर्सी राजनीतिमा केन्द्रित हुनु हो ।
Leave a Reply