भर्खरै :

हङकङ सरकार संवादको लागि तयार

हङकङ, २० अगस्ट । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले तत्काल सबै पक्षमा प्रतिनिधिसँग संवादको दबु बनाउन काम गर्ने हङकङ सरकारका प्रमुख कार्यकारी केरी लेमले बताउनुभएको छ ।
मङ्गलबार आयोजित पत्रकार भेटघाटमा बोल्दै लेमले सबै पक्षले आपसलाई बुझ्ने र सम्मान गर्ने आशा व्यक्त गर्नुभयो । उहाँले हङकङको लागि अघि बढ्ने मार्गप्रशस्त गर्न सबै राजनीतिक पक्ष र पृष्ठभूमिका सबै वर्गका जनताबीच खुला र प्रत्यक्ष संवादमा सामेल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
लेमले आफू र आफ्नो सरकारका सबै व्युरो प्रमुखहरू प्रत्यक्षरूपमा सबै समुदायका मानिससम्म पुग्न चाहेको पनि प्रष्ट पार्नुभयो ।
हङकङको आर्थिक अवस्थाबारे पत्रकारहरूलाई जानकारी दिंदै लेमले यो वर्षको पहिलो छ महिनाको आर्थिक तथ्याङ्कले आर्थिक अवनतिको चरम अवस्थामा नपुगेको बताउनुभयो ।
व्यापार र सर्वसाधारणको भार कम गर्न र आर्थिक वृद्धि कायम राख्न सरकारले २ अर्ब ४३ करोड अमेरिकी डलर खर्च गरेको छ ।
लेमले आवश्यक परे सरकारले सरकारी बजेट सार्वजनिक गर्नुअघि अर्थतन्त्रमा सहायता पुग्ने अरु थप त्यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने बताउनुभयो ।
उहाँले हङकङ सरकारले आर्थिक अवस्थाको नियमित अनुगमन गर्ने, आवश्यक तयारी गर्ने र उपयुक्त बाटो अपनाउने बताउनुभयो ।
लेमले गहिरा समस्याको समाधान गर्न हङकङ सरकारले थप व्यापक निर्णय गर्ने र त्यस्ता निर्णय गर्दा हङकङका जनताको हितलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।
उहाँले बितेका दुई वर्षदेखि हङकङ सरकारले अर्थतन्त्र र जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने हेतुले आवास, भूमि र शिक्षा क्षेत्रमा महत्वपूर्ण नीतिगत निर्णय गरेको बताउनुभयो ।
लेमले चीनको केन्द्रीय सरकारले सान्जेनसँग नयाँ नीतिगत सहयोगको प्रस्तावलाई सकारात्मक रूपमा लिएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *