बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ५ भदौ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोनजामा प्राध्यापक र कर्मचारीहरूबीच ‘जम्मु–काश्मीरको वर्तमान स्थिति’ बारे प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी प्रदेश नं ३ का सांसद सृजना सैजूले २०७६ साउन २० गते भारत सरकारले जम्मु काश्मीरको संवैधानिक विशेषधिकार खारेज गरी जम्मु र लद्दाख दुईभागमा विभाजन गरी केन्द्र शासित राज्य बनाएकोबारे चर्चा गर्दै यसले नेपाललाई पर्ने असरबारे प्रस्ट पार्नुभयो ।
जम्मु–काश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बताउँदै उहाँले मोदी सरकारको कदम दक्षिण एसियामा विस्तारवादी नेतहरु दर्शनको कार्यान्वयन भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले जम्मु–काश्मीरको वर्तमान परिस्थितिबारे प्रस्ट पार्दै अन्तर्राष्ट्रिय घटना जानकारीमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले जम्मु–काश्मीरको इतिहास र वर्तमान स्थितिबारे बोल्नुभएको थियो ।
Leave a Reply