हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
इस्लामावाद, ५ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मीरको विषयमा भारतसँग वार्ता गर्नु अस्वीकार गर्नुभएको छ ।
“उनीहरूसँग कुरा गर्नुपर्ने कुनै मुद्दा छैन । मेरो भनाइको तात्पर्य कुराकानीको लागि मैले गर्नुपर्ने पहल सबै पहिले नै भइसकेको थियो”, अमेरिकाबाट प्रकाशित हुने न्युयोर्क टाइम्सलाई खानले बुधबार भन्नुभयो ।
भारतले आफ्नो संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तान रुष्ट छ ।
खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काश्मीरमा जातीय सफाया गरेर जनसाङ्ख्यिक परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
आइतबार गर्नुभएको ट्वीटमा पाकिस्तानी नेताले भारत ‘फासीवादी, जातिवादी हिन्दु सर्वोच्चतावादी विचारधारा र नेतृत्व’ को अपहरणमा परेको बताउनुभएको छ ।
“सबभन्दा महत्वपूर्ण कुरा, आज ८० लाख मानिसको ज्यान जोखिममा परेको छ । उनीहरू जातीय सफाया र नरसंहारको भयले त्रसित छन्”, खानले न्युयोर्क टाइम्सलाई भन्नुभयो ।
बिहीबार पाकिस्तानी प्रधानमन्त्रीले काश्मीरी जनतालाई ‘आफ्नो धार्मिक कर्म निभाउन’ भारतले वञ्चित गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा कुनै पनि बेला हुन सक्ने नरसंहारको अवस्थाप्रति ध्यानाकर्षण गर्नुभयो ।
Leave a Reply