तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ५ भदौ । तत्कालीन नेपाल मजदुर किसान सङ्गठनविरुद्ध २०४५ भदौ ९ गते पञ्चायती राज्यस्तरबाट रचित षड्यन्त्र भक्तपुर काण्डको विरोधमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर नगर समितिको आयोजनामा बिहीबार महिला भेला भयो ।
भेलामा नेमकिपा केन्द्रीय सदस्य कमलमंैया सुवालले ०४५ भदौ ९ गते राज्यस्तरबाट नियोजित रुपमा नेमकिपालाई जरैबाट सिध्याउन षड्यन्त्र रचेर जनतालाई झूटा मुद्दामा फसाइएको चर्चा गर्दै महिलाहरूको सक्रिय योगदान र सङ्घर्षले पञ्चायत स्वयम् नष्ट भएको धारणा राख्नुभयो ।
प्रदेश नं. ३ का सांसद सृजना सैंजूले नयाँ पुस्तालाई भक्तपुर काण्ड र सङ्घर्षबारे जानकारी दिन विभिन्न कार्यक्रमहरू गर्नु आवश्यकतामाथि जोड दिनुभयो । भेलामा उहाँले जम्मु–काश्मीरको परिस्थिति र भारतको हस्तक्षेपकारी कार्यबारे जानकारी दिंदै भविष्यमा भारतीय विस्तारवादले त्यस्तै हमला नेपालमाथि पनि हुन सक्ने बताउनुभयो ।
नेमकिपा नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुर काण्डबारे आफ्नो अनुभव बताउँदै भोलिका दिनमा पुनः यस्ता परिस्थिति आउन सक्ने भएकोले हरेक परिस्थितिमा अग्रसर भएर रहनुपर्ने बताउनुभयो ।
दुवालले भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचारसम्बन्धी गतिविधिबारे जानकारी गराउनुभयो ।
समितिका अध्यक्ष कृष्णप्यारी जधारीको सभापतित्वमा भएको भेलामा नेमकिपा नगर समितिका सदस्य उपेन्द्र सुवाल, मञ्जु लाखा, रञ्जना त्वातीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply