“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, ७ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ भदौ ९ गते राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोधमा भक्तपुर नगरपालिकाले शनिबार जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबीच प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर क्यान्सर अस्पताल विषयमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले भक्तपुर काण्ड घटाउने धम्की दिनुले २०४५ को घटनामा नेपाली काङ्ग्रेसको पनि मिलेमतो भएको हो कि भन्ने आशङ्का उत्पन्न भएको बताउनुभयो ।
२०४५ को भक्तपुर काण्ड जर्मनीमा घटेको राइखस्टाग काण्ड जस्तो झूटो षड्यन्त्र भएको चर्चा गर्दै सांसद सुवालले नगरपालिकाका कर्मचारीहरू गलत काम गर्नेहरूको अगाडि झुक्न नहुने तथा देश र समाजको इमानदारीपूर्वक काम गर्न प्रेरित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जम्मु–काश्मिर मामिलाबारे संसद र सडकमा बोल्ने नेमकिपामात्र भएको बताउदै उहाँले भन्नुभयो, “नेकपाले समृद्ध नेपाल र सुखी नेपाली नारा दिएर नेपाली जनतालाई ढाँटिरहेको छ । राजनीतिक अस्थिरताले हाम्रो देशको स्थिति पनि भुटानजस्तो हुनसक्नेमा सचेत हुनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टी समाप्त पार्न ठूलो षड्यन्त्र रचेको दिनको स्मरण गर्न जनप्रतिनिधि र कर्मचारीबीच प्रत्येक वर्ष भक्तपुर काण्डको विरोधमा कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सत्यको पक्षमा उभिने ज्ञान भक्तपुर काण्डले सिकाएको छ ।”
भनपाका उपप्रमुख रजनी जोशीले नयाँ पुस्तालाई भक्तपुर काण्डबारे बताउनुपर्ने आवश्यकता औँल्याउँदै समाज निर्माणको निम्ति नयाँ पुस्ताहरू राजनैतिकरूपमा सचेत हुनु आवश्यक छ भन्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्डको समयमा भक्तपुर नपाका कर्मचारीहरूमाथि ज्यादती भएको स्मरण गर्दै भक्तपुर काण्डपश्चात् देशैभरिका नेमकिपाका कार्यकर्तालाई बिगार्ने र लोभमा फसाउने कार्य गरेको बताउनुभयो ।
भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले पनि भक्तपुर काण्डबारे आफ्नो धारणा व्यक्त गर्नुभयो ।
Leave a Reply