मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, ५ भदौ । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा काठमाडौँदेखि चीनको राजधानी बेइजिङसम्म सिधा उडान विस्तार हुने भएको छ । नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उत्तरी छिमेक चीनको राजधानी सहर बेइजिङसम्म सिधा उडान विस्तार गर्ने भएको हो । चिनियाँ बुकिङ साइटमा हिमालय एयरलाइन्सको उडानबाट अक्टोबर अन्त्यदेखि टिकट बुकिङ गर्न सकिने देखाइएको छ ।
योसँगै बेइजिङमा बस्दै आएका नेपाली तथा नेपालप्रति चासो राख्ने चिनियाँ उत्साहित छन् । सिधा उडान भएमा दुई छिमेकी राष्ट्रबीचको दूरी मात्र साढे पाँच घण्टा रहनेछ । हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार उडान निश्चित भएकाले अक्टोबर अन्तिम सातादेखि टिकट बुकिङ गर्न अनुमति दिइएको छ । उक्त समयबाट काठमाडौँ–बेइजिङ सिधा उडान हुने उहाँले जानकारी दिनुभयो ।
अन्नपूर्णपोस्टका अनुसार सीधा उडानबाट बेइजिङमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर महेश बस्नेतले खुशी लागेको बताउनुभयो । हाल बेइजिङमा अध्ययनरत र पेसाकर्मीलाई परिवारको यात्राका दौरान भाषाका साथै ट्रान्जिटका कारण अप्ठेरो पर्ने गरेको छ । बेइजिङमा अध्ययनरत संगीत संग्रौलाले भने टिकट महँगो भएको गुनासो गर्नुभयो । हाल बेइजिङबाट काठमाडौंसम्मको दुईतर्फी उडान तीन हजार पैँतीस सय युआनको हाराहारीमा छ भने अब हुने सिधा उडानको टिकट दर पाँच हजारमाथि छ । सिधा उडानको टिकट तुलनात्मकरूपमा महँगो देखिन्छ ।
बेइजिङ फरेन ल्याङवेज स्टडी युनिमर्सिटीअन्तर्गत नेपाली अध्ययन केन्द्रका निर्देशक सिङ युन (इन्दिरा) वर्षमा धेरैपटक नेपाल ओहोरदोहोर गर्ने भएकाले सिधा उडानले काठमाडौँ र बेइजिङलाई अझै नजिक ल्याउने बताउनुभयो ।
भ्रमण वर्ष २०२० का लागि चीनबाट मात्रै पाँच लाख चिनियाँ पर्यटक भित्रिने अनुमान गरिएको छ । सिधा उडानपछि गुणस्तरीय चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्नेछन् । नेपालप्रति चासो भएकाबाहेक अब धेरै चिनियाँले नेपाल चिन्नेछन् । व्यापारिक वर्ग सबैभन्दा उत्साही देखिन्छन् । हस्तकलालगायत व्यापारीहरू कार्गोमा लाग्ने समय बचत हुने बताउँछन् ।”
काठमाडौं–बेइजिङ ओहोरदोहोर गर्न सजिलो मात्रै होइन, काठमाडौं र बेइजिङबीच निकटता ल्याउनेछ । सिधा उडानले दुई देश र जनता सबैलाई फाइदा पुग्नेछ । साथै नेपालमा चिनियाँ पर्यटकको आगमन गजबले बढ्ने धेरैको अनुमान छ । नेपाली पक्षबाट सिधा उडानको औपचारिक घोषणा नगरेसम्म पर्खनुपर्ने अवस्था छ । चिनियाँ ट्रिप डटकममा बुकिङ खुला गरे पनि ‘अनसर्टेन’ अनिश्चित भनि लेखिएको छ । अर्को छुइनाअरमा भने यही अक्टुबर २७ तारिख (कार्तिक १० गते) बाट बेइजिङ–काठमाडौं सिधा उडानको बुकिङमा कुनै यस्तो संकेत छैन ।
दूतावासका एक अधिकारीका अनुसार, सिधा उडानको अनुमति पाइसकेको छ । हाललाई पुरानो विमान या त्यस बेलासम्म नयाँ विमानै उडाउनसक्ने सम्भावना पनि छ । गत जुलाईमा (साउन १०) नेपाल चीन हवाई सेवा सम्झौता पुनरवलोकन गर्न बेइजिङ आएको नेपाली टोली र चिनियाँ उड्डयन प्रशासनबीच वार्तामा बेइजिङ काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो ।
(सीआरआई)
Leave a Reply