मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ७ भदौ । भक्तपुरमा बनाइने भनिएको ‘अन्तर्राष्ट्रियस्तरको रङ्गशाला’ को कारण बसोबास उठ्ने र जमिन खोसिनेबाट पीडित स्थानीय बासिन्दाले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
‘बस्ती उठाउन पाइँदैन’, ‘भक्तपुरमा रङ्गशाला उपयुक्त होइन’, ‘कृषि भूमि म्हास्न पाइँदैन’, ‘रङ्गशाला झेल हो’, ‘मतियार पोस्न पाइँदैन’, ‘किसानमारा सरकार मुर्दावाद’ आदि नारासहित सयौं स्थानीय जनताले शनिबार प्रदर्शन गरे ।
टन्टलापुर घामको पर्वाह नगरी किसानहरूले आफ्नो उठिबास गराउने प्रस्तावित योजनाविरूद्ध लड्न उनीहरूले प्रतिबद्धता व्यक्त गरे । बाँसघारीबाट सुरू भएको जुलुस सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
सभामा बोल्दै प्रस्तावित रङ्गशाला पीडित सङ्घर्ष समितिका हरिकृष्ण दण्डेख्याले भूमाफियाको कुरा सुनेर सरकारले खेती किसानहरूको जमिन खोसिई रङ्गशाला बनाउन नहुने धारणा राख्नुभयो ।
स्थानीय जनता र किसानको व्यापक विरोध भइरहेकोलाई देखे–नदेखेजस्तो गरी सत्तासीन दलका मानिसहरूले ‘कसैको विरोध नभएको’ भनी गलत प्रचार गरिरहेको उहाँले बताउनुभयो ।
सङ्घर्ष समितिका रामचन्द्र बासीले कृषि भूमि नष्ट गरी रङ्गशाला बनाउनुलाई विकास भन्न नसकिने भन्दै जनताको भावनालाई सरकारले बुझ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बीके कासुला, नीरज लवजू, हरिसुन्दर छुकाँलगायतले बोल्नुभएको थियो ।
Leave a Reply