भर्खरै :

पहिरोबाट २० परिवार विस्थापित

दोलखा, ८ भदौ (रासस) : अविरल वर्षापछि आएको पहिरोमा परी शैलुङगेश्वर गाउँपालिका–८ का २० परिवार विस्थापित भएका छन् ।
वडा नं ८ का वडाध्यक्ष रामेश्वर उप्रेतीका अनुसार पहिरोबाट शैलुङ्गेश्वरको थिङ टोलका सात घर, गोरख टोलका ६ घर, भरकुना खत्री टोलका चार घर, तल्लो पोखरेका दुई घर तथा दारेगौडा कार्की टोलका पाँच घरमा क्षति पुगेको छ । यहाँका बासिन्दालाई स्थानीय विद्यालयमा राखिएको उप्रेतीले बताउनुभयो । विस्थापितको पुनःस्थापनाका लागि शैलुङगेश्वर गाउँपालिकाका अध्यक्ष भरत दुलालले सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *