तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ८ भदौ । इन्जिनियर समाज नेपाल सिभिल च्याप्टरको आयोजनामा शनिबार सार्वजनिक खरिद र समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सार्वजनिक खरिद प्रक्रियाका अनुभवी इन्जिनियरहरूले सार्वजनिक खरिद तथा सम्झौता व्यवस्थापनमा देखिएका समस्याहरूमाथि आ—आफ्ना धारणाहरू व्यक्त गरे ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर राजेन्द्र हाडाले विगतमा अमानतबाट गरेका कार्यहरू तथा उपभोक्ता समितिमार्फत हुने कार्यहरूको अनुभव बताउँदै ठेक्कामा दिएर काम लाउँदा सार्वजनिक निकाय तथा संस्थालाई काम गर्न सहजता भए पनि कामको गुणस्तरीयता र मितव्ययिताको लागि अमानत तथा उपभोक्ता समितिमार्फत हुने कार्य गतिलो हुने बताउनुभयो ।
कार्यक्रममा सार्वजनिक खरिद नियमावली,२०६४ मा हालसालै भएका छैटाँै, सातौँ र आठौँ संशोधनका मुख्य–मुख्य प्रावधानहरूका विषयमा ई. अमोद उलक र माथिल्लो त्रिशुली जलविद्युत्मा कार्यरत ई. सत्यराम ज्याख्वले सम्झौता व्यवस्थापन र त्यसका महत्वपूर्ण पक्ष्यहरू एवम् विदेशी कम्पनीहरूसित काम गर्दाको जटिलता र चुनौतीहरूबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा सिभिल च्याप्टरका संयोजक ई. जितेन्द्र प्रजापतिले सार्वजनिक खरिदका आधारभूत विषयहरूमा प्रस्तुति गर्नुभयो । बायोमेडिकल सेक्टरमा सप्लायर्सको रुपमा काम गर्दै आउनुहुने ई. बिजेन्द्र चवालले अस्पतालहरूको सार्वजनिक खरिद कार्यमा संलग्न कर्मचारीहरूमा प्राविधिक ज्ञानमा कमी रहेको बताउनुभयो । नवीकरणीय ऊर्जा तथा निर्माण कार्यमा अनुभवी ई. जीवन वैद्यले सार्वजनिक निकायले बोलपत्र मूल्याङ्कन गर्दा निष्पक्ष ढङ्गमा मूल्याङ्कन नगर्दा व्यवसायीहरूलाई समस्या परिरहेको बताउनुभयो ।
ई. श्याम बासुकला, ई. रजिम गणेशलगायतले सार्वजनिक खरिदको प्रक्रिया र यस सम्बन्धमा भएका अस्पष्टताहरूबारे बोल्नुभएको थियो ।
Leave a Reply