अवकाशपछि पनि शैक्षिक क्षेत्रमा सक्रिय रहन आग्रह
- असार ४, २०८३
काठमाडौँ, ९ भदौ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा २०४५ मा भएको भक्तपुर काण्डको विरोधमा चर्चा भयो । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले ३१ वर्षअघि तत्कालीन पञ्चायती व्यवस्थाले नेमकिपालाई समूल नष्ट गर्न रचिएको काण्डको भत्र्सना गर्नुभयो । सुवालले दिनुभएको मन्तव्यको सारसङ्क्षेप प्रस्तुत छः
वि.सं.२०४५ भदौ ९ गतेको दिन तत्कालीन निरङ्कुश पञ्चायती सरकारले नेपाल मजदुर किसान पार्टीका नेता र कार्यकर्ताविरुद्ध झूटा ज्यान मुद्दा लगाएको कालो दिन हो । हामी उक्त दिनको भत्र्सना र निन्दा गर्न चाहन्छौँ ।
नेपाल मजदुर किसान पार्टीले स्थापनादेखि देश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको हो । किसानहरूको पक्षमा पार्टीले मोहियानी हक, भर्पाई र बाली काट्ने आन्दोलन, भ्रष्टाचार र महँगीविरोधी आन्दोलन चलाएको थियो । सुस्ता र सिक्किममाथि भारतीय विस्तारवादको हस्तक्षेपको पहिलो विरोध नेपाल मजदुर किसान पार्टीले गरेको थियो ।
पार्टीले पञ्चायती निरङ्कुशताविरुद्ध जनमत बढाउन २०३६ चैत १२ गते भक्तपुर–काठमाडौँ विशाल पैदल ¥याली गरेको थियो । देश र जनताप्रति पार्टीको निष्ठासित आक्रोशित पञ्चायती निरङ्कुश शासकहरूले २०४५ भदौ ९ गते राज्यस्तरको षड्यन्त्र रचे र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत ६७ जना नेता–कार्यकर्तामाथि झूटा ज्यान मुद्दा लगाए ।
पञ्चायती प्रहरी अधिकृतहरूले हिरासतमा पार्टीका नेता र कार्यकर्ताहरूलाई ‘ज्यापू’, ‘नेवार’ र ‘ज्यानमारा’ जस्ता सामन्ती, साम्प्रदायिक र कानुन हातमा लिने शब्द प्रयोग गरी अपमान र हेला गरेका थिए । तत्कालीन पञ्चायती प्रम र मन्त्रीहरू, व्यवस्थापिकाका अध्यक्षले रोहितलाई ‘फाँसी दे’ को नारा लगाएका थिए ।
त्यसबेला भक्तपुर महिनौँसम्म पञ्चायती प्रहरीको आतङ्कमा थियो । दिउँसो भक्तपुर नगर सुनसान हुन्थ्यो । राती प्रहरीको राज थियो – आजको जम्मु–काश्मीरमा जस्तै । बाटोमा भेटाइएका जतिलाई पक्राउ गरी यातना दिइएको थियो । प्रहरीको व्यवहार लडाइँमा विदेशीलाई गरिएजस्तै थियो । जेलमा पठाइएका किसानहरूले दुई महिनासम्म हातले खान सकेनन्, खुट्टाले टेक्न सकेनन् । पञ्चहरूले जनताद्वारा निर्वाचित तत्कालीन नगर पञ्चायत भङ्ग गरेका थिए ।
सरजमिनमा षड्यन्त्रकारी मतियारहरूलाई मात्र बोल्न लगाएर बन्दीहरूलाई प्रहरी भ्यानभित्र थुनेर गरियो । आकाशबाट हेलिकप्टरले निगरानी गर्दै थियो ।
पञ्चायत सरकारले विशेष अदालतमा मुद्दा चलायो । वरिष्ठ अधिवक्ताहरू लक्ष्मण अर्याल, कृष्णप्रसाद भण्डारी, मुकुन्द रेग्मी, बासुदेव ढुङ्गाना, हृषिकेश शाह, सिन्धुनाथ प्याकुरेल, दमननाथ ढुङ्गाना, सुवास नेम्वाङ, शम्भु थापालगायतले पञ्चायती षडयन्त्रको विरोधमा पार्टीका नेता–कार्यकर्ताको पक्षमा वकालत गर्नुभयो ।
वरिष्ठ पत्रकार मदनमणी दीक्षित र गोविन्द वियोगीलगायत पत्रकारहरूले पञ्चायती सरकारको झूटा मुद्दालाई उदाङ्ग्याउन र सत्य तथ्य जनतासामु राख्न समीक्षा र मातृभूमि साप्ताहिकमार्फत ठूलो सहयोग गर्नुभयो ।
नेमकिपाविरुद्धको झूटा मुद्दा पञ्चायती निरङ्कुशताविरुद्धको सङ्घर्षको रूपमा विकास भयो । जो आगोसँग खेल्छ आगोमै मर्छ भनेजस्तै २०४६ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता समाप्त भयो । भक्तपुर काण्डको विरोधमा नेपाल मजदुर किसान पार्टीलाई सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक नेता, वरिष्ठ कानुनविद् र पत्रकारहरूप्रति हामी आभारी छौँ ।
Leave a Reply