बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ९ भदौ । भक्तपुर ट्रक व्यवसायी सङ्घ, भक्तपुर इँटा व्यवसायी सङ्घ र भक्तपुर युवा व्यवसायी समाजको संयुक्त आयोजनामा सोमबार समसामयिक राजनीति विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डबारेका संस्मरणहरू लिपिबद्ध गर्नु आवश्यक भएको र २०४५ मा पञ्चायती व्यवस्थाले नेमकिपाप्रति गरेको ज्यादतीबारे नयाँ पुस्तामाझ छलफल र अन्तरक्रियाहरू चलाउनुपर्छ भन्नुभयो ।
कुनै पनि बेला राज्यस्तरबाट षड्यन्त्र हुनसक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “पञ्चायत समाप्त हुनुमा भक्तपुर काण्डको पनि ठूलो हात छ ।” प्रमुख प्रजापतिले दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार निजीकरणको पक्ष लिने नक्कली कम्युनिष्ट पार्टी भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “भक्तपुर क्यान्सर अस्पतालको बेथिति रोक्न उक्त अस्पतालमा अनुगमन र नियमन गर्ने अधिकार भक्तपुर नगरपालिकालाई छ ।”
कार्यक्रममा भनपा वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले समाज विकासको निम्ति पनि व्यवसायीहरूले सहयोग एवम् योगदान गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी सङ्घका संस्थापक अध्यक्ष विश्वराम कवां, इँटा व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बा र भक्तपुर ट्रक व्यवसायी प्रा.लि.का लक्ष्मीप्रसाद गोराले पनि बोल्नुभएको थियो ।
Leave a Reply