पुरानोको सुस्केरा र नयाँको ताईफुई
- असार १२, २०८३
हेटौँडा, १० भदौ । नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का प्रदेश सभा सदस्य सृजना सैंजूले देशको कर्मचारी प्रशासन निष्पक्ष हुन नसकेको, चोखो नभएको, भ्रष्टाचार तथा अनियमितता आदिको निम्ति दिन प्रतिदिन बदनाम हुँदै गइरहेको बताउनुभएको छ । प्रदेशसभाको चालू बैठकमा प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धमा बनेको विधेयकबारे बोल्दै उहाँले स्थायी सरकारसमेत भनिने कर्मचारी प्रशासनभित्र मौलाउँदै गएको लुटेरा प्रवृत्ति, कमिशनखोरी र विदेशी पुँजीको दलाली गर्ने संस्कारकै कारण देशले बर्बादी भोगिरहको र देश कमजोर बन्दै गइरहेको सर्वत्र चासो र चिन्ताको विषय बनेको बताउनुभयो ।
सांसद सैंजूले भन्नुभयो, “देशको लोक सेवा आयोग बारम्बार विवादमा फस्दै गइरहेको सबैलाई अवगत भएको विषय हो । प्रश्न–पत्र काण्ड, करोडौँका घूस काण्ड, अख्तियारको दुरुपयोग, नातावाद आदिले लोकसेवा आयोगको प्रतिष्ठा खस्किँदै गइरहेको निश्चय पनि दुःखद पक्ष हो । शासक दल, तिनका नेताहरूको छायामा परेर लोक सेवा आयोगले सर्वसाधारणको विश्वास गुमाउँदै गइरहेको पनि त्यतिकै सत्य हो । राजनीतिक प्रभाव एवं दबाबबाट कमसेकम प्रदेश लोक सेवा टाढा रहोस् । केन्द्रमा भएका खराबी यहाँ नदोहोरियोस् । केन्द्रमा भएका रोग यहाँ दोहो¥याइए त्यो अर्को अभिशाप सावित हुनेछ । केन्द्रको छायामा पनि नपरोस् । शासक दल र तिनका नेताको स्वार्थपूर्ति गर्ने र कार्यकर्ता भर्ती गर्ने अर्को अखडा नबनोस्, प्रदेशको लोक सेवा ।”
प्रदेश सभामा सार्वजनिक, निजी, सहकारी साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्दै उहाँले प्रस्तुत विधेयकमा प्रस्तावित कम्पनीमा प्रदेश सरकारको शेयर लगानी ३० प्रतिशत, निजी क्षेत्रको कूल पुँजीको ७० प्रतिशत र सर्वसाधारणको बढीमा १५ प्रतिशत लगानी गराउने सकिने व्यवस्थाले निजी क्षेत्रको हालीमुहाली चल्ने बताउनुभयो ।
उहाँले यस्तो व्यवस्थाले नाफातन्त्र र शोषणलाई छुट दिने भन्दै पुँजीवादी र उदारवादी अर्थतन्त्रले देशलाई कंगाल बनाएको र अर्थतन्त्र तीव्रगतिमा ओरालो लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लगानीमा निजी क्षेत्रको नेतृत्व रहने साझेदारीले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी मानिसका आवश्यकता पूरा गर्नसक्दैन, उत्पादनका मुख्य–मुख्य साधनहरूको सामाजिकीकरणबाट मात्र त्यो सम्भव छ । हरेक क्षेत्रमा सरकारको उपस्थिति या भूमिका बढी हुनु समाजवादको लक्षण हो । निजीकरण, उदारीकरण, सरकारको उदासिनता या भूमिकाविहिनता समाजवादको विपरित हो ।”
प्रदेश सभाको बैठकमा नेमकिपाका सांसद संैजूले भारतको जम्मु र काश्मीरमा भारत सरकारले गरेको हस्तक्षेपको विरोध गर्नुभएको छ ।
भारतको फासीवादी मोदी सरकारले जम्मु र काश्मीरपछि वरपरका अन्यत्र पनि हस्तक्षेपको आँखाले हेरिरहेको चर्चा गर्दै उहाँले सो विषयमा नेपाल सरकारले एक शब्द पनि नबोल्नु अफसोसको विषय भएको बताउनुभयो ।
सैैंजूले भन्नुभयो, “छुट्टै झण्डा, फरक संविधान, छुट्टै राष्ट्रिय गान, छुट्टै राष्ट्रिय चिन्ह भएको राज्य कसरी कुनै देशको अभिन्न अङ्ग हुनसक्छ ? कश्मीरको भाग्य कश्मीरी जनताले निर्णय गर्न पाउने अधिकार खोसिएको छ । भारत नेहरू दर्शनको विस्तारवादी पदचापमा हिँडिरहेको प्रस्ट छ । अल्पसंख्यक र साना राज्यहरूको सांस्कृतिक अस्तित्व रहेपनि राजनैतिक अधिकार नरहने, विशाल भारत साम्राज्य खडा गर्ने, दक्षिण एसिया भारतको करेसाबारी थान्ने, उत्तर हिमालयसम्म भारतको सिमाना बताउने, हिन्दुत्व र हिन्दू धर्मका आधारमा साम्राज्य खडा गर्ने नेहरूको दर्शनकै आधारमा भारतमा आज फासीवाद मौलाइरहेको राजनीतिक पर्यवेक्षकहरू बताउँदै छन् । मोदी इटालीका मुसोलीनीको फासीवाद र जर्मनका हिटलरको नाजीवाद पछ्याइरहेको बताउँदै छन् ।”
भक्तपुर क्यान्सर अस्पतालमा भएको घटनाबारे सदनलाई जानकारी गराउँदै उहाँले भक्तपुरको नगरमा सञ्चालित नेपाल क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार, अनियमितता, अपारदर्शिता र कर्मचारीहरूमाथि भइरहेको चरम शोषणको समाचार, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी एवं जनताको गुनासोको कारण ती पूर्व व्यवस्थापन समितिका जिम्मेवार व्यक्तिहरूसँग सम्पर्क गर्न खोजिएको तर सम्पर्कमा नआउँदा अस्पतालको अनियमितता रोक्न नगरपालिकाले अगुवाइ लिनुपरेको बताउनुभयो ।
सैंजूले भन्नुभयो, “हाल भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरी स्वास्थ्य सेवा अत्यन्त व्यवस्थित एवं प्रभावकारी बनाइएको छ ।”
Leave a Reply