तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
जुम्ला, १० भदौ । तत्कालीन पञ्चायती व्यवस्थाले नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेमकिसं) लाई समूल नष्ट गर्ने उद्देश्यले रचिएको भक्तपुर काण्डको भत्र्सनामा नेमकिपा जुम्ला जिल्ला समितिको आयोजनामा चन्दननाथ नपाको उमगाडमा मङ्गलबार पार्टी कार्यकर्ता र समर्थकहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पञ्चायती व्यवस्थाविरुद्ध कर्णालीलगायत देशका विभिन्न जिल्लामा कामदार जनताबीच राजनीतिक चेतना विस्तार गरेकै कारण पञ्चायतले नेमकिपाविरुद्ध षड्यन्त्र गरेको बताउनुभयो ।
उहाँले २०४० को दशकमा पञ्चायती प्रशासनले कर्णालीका विभिन्न जिल्लामा नेमकिपाका कार्यकर्तामाथि गरेको दमनको स्मरण गर्दै विचार र सिद्धान्तमा आधारित पार्टी भएकोले नेमकिपाले अनेकन प्रतिकूलता सामना गर्न सक्षम भएको बताउनुभयो ।
उहाँले आगामी असोज ३–५ गतेसम्म हुने नेमकिपाको साताँै महाधिवेशन नेपालको कम्युनिस्ट आन्दोलनभित्र मौलाएको सिद्धान्तहीनताको विरोधमा हुने चर्चा गर्नुभयो ।
नेमकिपा जुम्ला जिल्ला समितिका पूर्वअध्यक्ष धनबहादुर थापाले सिद्धान्तनिष्ठ र अनुशासित पार्टीले मात्र समाजवादी आन्दोलनको नेतृत्व गर्नसक्ने बताउनुभयो । नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामसङ्घका वीर्षबहादुर सार्की, नेक्रामहिलासङ्घका राज्यलक्ष्मी न्यौपाने, नेक्रायुसङ्घका लालबहादुर बुढा, अनिता गिरी, सरस्वती थापा र पूर्णलाल खत्रीलगायतले बोल्नुभएको थियो ।
यसैबीच जुम्लामा नेपाल क्रान्तिकारी महिला सङ्घमा आबद्ध महिलाहरूको भेला भयो । भेलामा वक्ताहरूले समाजवादी आन्दोलनमा महिलाहरूको भूमिकाबारे चर्चा गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित भए समाजवादी आन्दोलनले गति पाउने धारणा राख्नुभयो । उहाँले महिलाहरूको वास्तविक मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव भएको र पुँजीवादी व्यवस्थाले महिलालाई पनि नाफा कमाउने माध्यमको रूपमा प्रयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल डाँगी, नेक्रामसङ्घ जुम्ला जिल्ला समितिका अध्यक्ष राज्यलक्ष्मी न्यौपाने, लक्ष्मी कठायत, तारा धराला, झुम्का नेपाली, बेलपुरा न्यौपानेलगायतले बोल्नुभएको थियो ।
पर्सा
२०४५ भदौ ९ गतेको कालो दिनको विरोधमा नेपाल मजदुर किसान पार्टी पर्सा जिल्ला समितिको आयोजनामा पर्साको जगनाथपुर गाउँपालिकामा भेला सम्पन्न भयो ।
भेलामा नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोजकुमार साहले नेमकिपाले स्थापनाकालदेखि नै देश र कामदार जनताको हितमा सङ्घर्ष अगाडि बढाएको चर्चा गर्नुभयो । उहाँले अझै पनि विरोधी तथा प्रतिक्रियावादीहरूले नेमकिपालाई आफ्नो बाटोको काँडा सम्झिरहेको र नेमकिपाको बारेमा भ्रामक कुराहरू जनताबीच फैलाइरहेको स्पष्ट पार्नुभयो ।
नेमकिपाले जातीय र क्षेत्रीय राजनीति नगर्ने बरु वर्गीय राजनीतिलाई अगाडि बढाइरहेको स्पष्ट पार्दै उहाँले नेकपा नामले कम्युनिस्ट भनिए तापनि व्यवहार र सिद्धान्तमा पुँजीवादी पार्टी नै भएको बताउनुभयो । उहाँले समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा नेमकिपाको धारणा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपा पर्साका सदस्य हकिम अन्सारीले नेमकिपाले सडक र सदनमा सधैँ जनताको हक, हित, भलाइको लागि सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।
उहाँले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू जनताको पक्षमा काम गर्नुभन्दा हिजो चुनावमा भएको खर्च असुल गर्न र आगामी दिनको चुनावको लागि पैसा जोहो गर्न लागिरहेको बताउनुभयो ।
Leave a Reply