भर्खरै :

बासुमा भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, १० भाद्र । बासु माध्यमिक विद्यालय कालिघाटको आयोजनामा भक्तपुर काण्ड (कालो दिन) को भत्र्सना एवम् समसामयिक विषयमा मङ्गलबार शिक्षक भेला भयो ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले भक्तपुर काण्ड राज्यस्तरबाट रचिएको षड्यन्त्र भएकोमा कसैले द्विविधा राख्न आवश्यक नभएको विचार व्यक्त गर्नुभयो । वि.सं. २०४५ सालका भूकम्प पीडित जनतालाई कुपन बाँड्न नसकेको कारण आक्रोसित भीडको बीचमा रहेका कर्णप्रसाद ह्योजूको जीवन रक्षाको लागि बारम्बार ताकेता गर्दा पनि प्रहरी प्रशासन मौन रहनु र अस्पताल पु¥याएका उनलाई समयमै उचित उपचार नगर्नु सरकारी षड्यन्त्रको उदाहरण भएको चर्चा गर्दै गोसाईले जनतालाई सत्यतथ्य थाहा दिनु र नयाँ पुस्तालाई सचेत गराउनु शिक्षक शिक्षिकाहरूको दायित्व भएको बताउनुभयो ।
विद्यालयका प्राचार्य अम्बिका न्याईच्याईले शिक्षक–शिक्षिकाले विद्यार्थीहरूको शैक्षिक उन्नतिका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरूका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिका सहसचिव सुन्दर राजचल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, शिक्षिका सुनिता घटुवालगायतले भक्तपुरक काण्ड एवम् जम्मु– काश्मीरका विषयमा आ – आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *