भर्खरै :

कुशे औँसीको परिवर्तित स्वरुप

सुनिता गाइसी
समाजमा परिवर्तन स्वाभाविक प्रक्रिया हो । नेपाली समाजमा हिजोभन्दा आज परिवर्तन भइरहेको छ । हरेक चाडपर्वमा विस्तारै परिवर्तनका सङ्केतहरू देखिँदै छन् । आजकल चाडपर्व मनाउने क्रममा त्यसको मर्म नबुझिकन देखावटीमा लागेर चाडपर्व मनाउने प्रवृत्ति बढेको छ । यस्तै चाडपर्वहरूमध्ये कुशे औँसी पनि एक हो । जन्म दिने आमा हुन् भने कर्म दिने बुबा हुन्, त्यसैले बुबाको सम्मानमा कुशे औँसी मनाइन्छ । कुशे औँसीलाई पितृ सम्मान दिवस पनि भनिन्छ । यस दिन बुबालाई मनपर्ने मीठा–मीठा खानेकुरा खान दिई उपहारहरू पनि दिइन्छ । यस दिन मृत्यु भइसकेका पितृहरूको नाममा पनि गोकर्णमा गएर श्राद्व गरी पिण्डदान गरिन्छ । तर, आजकल कतिले आफ्ना दिवंगत पितृहरूको श्राद्ध पनि गर्न छोड्दै गएका छन् ।
वर्षको ३६४ दिन आप्mना बुबा आमालाई वास्ता नगरे पनि कुशे औँसीको दिन बुबालाई मीठो खानेकुरा दिने, उपहार दिने साथै आजकल फेसबुकमा बुबाको फोटो पोष्ट गरेर कुशे औँसी मनाउने परम्परा बढेको छ । यस्ता परम्पराले हाम्रो धर्म संस्कृतिमा नकारात्मक असर पारेको छ । भन्नलाई “मातृदेव भवः! पितृदेव भवः!” भनी टोप्लछन् । तर, व्यवहारमा आप्mना आमाबुबालाई कुटपिट गर्ने, खान नदिने, गाली गालौज गर्ने गरेका घटनाहरू समाजमा छन् । छोराछोरीलाई बुबाआमाले धेरै माया, परिश्रम गरेर हुर्काएका हुन्छन् । तर, तिनै छोराछोरी कमाउने हँुदा बुबाआमालाई वृद्धाश्रममा लगेर राखिदिन्छन् । यस्तै प्रसङ्गमा विदेश गएका छोराछोरीले बुबाआमाप्रति गर्ने व्यवहार पनि विचित्रकै छ । विदेशको रङ्गीन जीवनमा डुबेर आप्mना आमाबुबालाई वास्ता नगर्नेहरू पनि छन् । पहिला साग ढिँडो खाएर यहीँको धुलो माटोमा हुर्केकाहरू विदेशमा २–४ वर्ष बसेपछि पूर्mिर्त लगाएर “नेपालमा के छ र बस्नु ?” भन्दछन् । जवान छउञ्जेल आफ्नो मातृभूमिलाई बिर्सेर पराइ भूमिलाई आप्mनो ठानी रगत पसिना बगाउँछन् । तर, बुढो भएपछि जब काम गर्नसक्दैनन् अनि आप्mनो देश सम्झेर फर्कन्छन् । अझ कतिपय विदेशमा बस्ने छोराले त यता भएका आमाबुबालाई घर खेत बेच्न बाध्य पार्ने गरेका पनि छन् । यदि घरखेत बेच्न नमाने बुबाआमासँगको सम्बन्ध नै तोड्ने धम्की दिने गरेका छन् । छोराछोरी सानो हुँदा उनीहरूको पढाइ र भरणपोषण गर्न आमाबुबाले आफनो सम्पूर्ण कमाइ खर्चिने गर्दछन् । आप्mनो लागि भनी पैसा जोगाएका हँुदैनन् पछि आफनो बुढेसकालमा छोराछोरीले हेर्छन्, पाल्छन् भनी सोचेको हुन्छन् तर परिस्थिति उल्टो हुन्छ । वृद्घ अवस्थामा धेरै आमाबुबाले दुः ख भोग्नु परेका छन् ।
नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा विभिन्न समयमा यो पर्व मनाउने गरिन्छ । जस्तै क्यालेथिक देशहरूमा मार्चको १९ मनाइन्छ भने अमेरिकामा जूनको तेस्रो आइतबार मनाइन्छ । यहाँ खानी दुर्घटनामा मरेका मानिसहरूको सम्झनामा मनाइने गरिन्छ । यसको सुरुवात वा प्रस्ताव राख्ने क्यलयचब म्यमम थिए । विश्वका प्रायः धेरै देशमा मार्च, अप्रिल र जूनका महिनाहरूमा ँबतजभचुक म्बथ मनाइदै आएको देखिन्छ । यो पर्वसँगै अन्य पर्वहरू जस्तै ः ःयतजभचुक म्बथ, क्ष्दष्ष्लिनक म्बथ, न्चबलमउबचभलतुक म्बथ इत्यादि पनि बडो उत्साहका साथ मनाइन्छ । यसरी नेपालमा मात्र नभई विभिन्न मुलुकमा पनि यो पर्व मनाइदै आएको छ स्वदेश होस् या विदेश । जुनसुकै जाति, भाषाभाषी भए पनि यस्ता चाडपर्वले मानवीय आस्था बोकेको हुन्छ । समाजलाई सुमधुर सम्बन्धमा बाँधेर राख्न चाडपर्वले मद्दत गर्दै आएको छ । मानिस सामाजिक प्राणी हो ऊ समाजमै रमाउँछ । उसका आवश्यकता पनि समाजबाटै पूरा हुन्छ । आप्mना आवश्यकता पूरा गर्न मानिसले आफूलाई मिल्दो धर्म, संस्कृति र चाडपर्वको रचना गरे र व्यवहारमा लागू गरे अनि पछिल्लो पुस्तामा सामाजिकीकरणको प्रक्रियामार्फत त्यहीँ परम्परा नै सामाजिक नीति नियम बन्न पुग्यो । अघिल्लो पुस्ताले हरेक चाडपर्वको मर्म बुझेर चाडपर्व मनाउने गर्दथे तर समाज परिवर्तनसँगै चाडपर्व मनाउने प्रवृत्तिमा पनि परिवर्तन आएको छ । हाल आएर देखावटी र तडकभडकका साथै चाडपर्व मनाउने प्रवृत्ति नेपाली समाजमा पनि बढदो छ । यसले हाम्रो पहिचान र अस्तित्वलाई नै धरापमा पार्नसक्छ । धर्म, संस्कृति, चाडपर्व रहेमात्र हामी नेपाली हौँ भनी गर्व गर्नसक्छाँै । त्यसैले आप्mनो परम्परा रीतिथितिअनुसार कुशे औँसी मनाऔँ, तडकभडक नगरांैँ आफ्ना माता पितालाई सधैँ माया, हेरविचार र सम्मान गरौँ । जन्म दिने आमा बुबा भगवानभन्दा ठूला र सम्माननीय हुनुहुन्छ, सदैव माया र आदर गर्नुपर्दछ । त्यसैले हामीले हाम्रो परम्परा र संस्कृति जोगाउन आजै र आफैबाट पहल गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *