अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
सिओल, २९ अगस्ट । दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले जापानलाई युद्धकालीन इतिहासप्रति इमानदार रहन आग्रह गर्नुभएको छ । दक्षिण कोरिया र जापानबीच बढ्दो आर्थिक तनावबीच उहाँले त्यस्तो आग्रह गर्नुभएको थियो ।
“जापान इमानदार बन्नुपर्छ । आर्थिक प्रतिकारको वास्तविक कारण के हो भन्ने विषयमा अझै पनि जापान बोलेको छैन । जापानले आफ्नो कुरा घरी घरी बदलेर आफ्नो आर्थिक निर्णयलाई सही प्रमाणित गर्न लागिपरेको छ”, मुन जाए इनले आगामी वर्षको लागि प्रस्तावित बजेटबारे आयोजित मन्त्रिमण्डलको बैठकमा भन्नुभयो ।
“जापानले आफ्नो कदमलाई जस्तोसुकै तर्क दिएर छोप्न खोजे पनि उनीहरूले ऐतिहासिक मुद्दालाई आर्थिक विषयसँग जोड्न खोजेको प्रस्ट छ”, मुनले भन्नुभयो ।
जापानले आफ्नो भरपर्र्दो व्यापार साझेदारको नामावलीबाट दक्षिण कोरियालाई हटाएपछि दक्षिण कोरियाबाट यस्तो प्रक्रिया आएको हो । अगस्ट महिनाको सुरुमा जापानले दक्षिण कोरियालाई व्यापार साझेदारको नामावलीबाट हटाउने निर्णय गरेको थियो । भरपर्दो साझेदारीको नामावलीमा परेका देशले आयात निर्यातमा विशेष सुविधा पाउने गर्छन् ।
जुलाईको सुरुमा जापानले निर्यातमा कडाइ गरेपछि दक्षिण कोरियासँग व्यापार तनाव बढेको हो । जापानले मेरोरी चिप्स र डिस्प्ले प्यानल उत्पादनको लागि आवश्यक तीन वटा सामग्री दक्षिण कोरिया निर्यातमा रोक लगाएको छ । यसले दक्षिण कोरियाको निर्यातमा समस्या भएको छ ।
दक्षिण कोरियाको उच्च अदालतले निप्पोन स्टिल र मेत्सबिसी हेभी इन्डस्ट्रीजलगायत केही जापानी कम्पनीहरूलाई युद्धकालीन जबरजस्ती श्रमको क्षतिपूर्ति तिराउन फैसला गरे जापानले दक्षिण कोरियामा सामान निर्यात गर्न कडाइ गरेको हो ।
दोस्रो विश्वयुद्धमा जापानी साम्राज्यवादले बिनाज्याला लाखौँ कोरियाली जनतालाई जबरजस्ती श्रम गराएको थियो । जापानी साम्राज्यवादले सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायःद्वीपमा उपनिवेश चलाएको थियो ।
“ऐतिहासिक विषयमा जापानको धारणा कहिल्यै पनि इमान्दार रहेन । दक्षिण कोरियाको इतिहासमा मात्र होइन, एसियाका अरु धेरै देशमा जापान हमलाकारी भएको कुरा कसैले नकार्न सकिने सत्य हो”, मुनले भन्नुभयो ।
“जापान सरकारले न आफ्नो विगतको गल्ती स्वीकार्छ न क्षमायाचना नै गर्छ । बरु पीडितको पीडा र दुःख बल्झाउने काममात्र गरिरहेको छ । जापानले अहिले पनि डोक्डोलाई अझै पनि दाबी गर्न छोडेको छैन ।” उहाँले भन्नुभयो । डोक्डो जापानी साम्राज्यवादले कब्जा गरेको पहिलो कोरियाली भूमि हो ।
“इतिहासलाई जस्तो हो त्यसरी नै बुझेर जापानले संसारसँग सहकार्य गर्दै भविष्यतर्फ अघि बढ्नुपर्छ । इतिहासको स्मरण कहिल्यै पनि लाजको विषय होइन ।” उहाँले भन्नुभयो ।
मुनले जर्मनीको उदाहरण पेश गर्दै जापानलाई पनि त्यसबाट सिक्न आग्रह गर्नुभयो । जर्मनीले पनि इतिहासमा आफ्नो तर्फबाट भएका गल्तीप्रति आत्मालोचना गरेर युरोपेली छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेको थियो ।
Leave a Reply