भर्खरै :

प्रधानमन्त्रीको कदमविरुद्ध जनता सडकमा

लण्डन, २९ अगस्ट । बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनले संसदको बैठक स्थगित गर्ने निर्णयको विरोधमा हजारौं जनताले राजधानीमा प्रदर्शन गरेका छन् ।
संसद् बैठक स्थगित गरेर प्रधानमन्त्रीले युरोपेली सङ्घबाट बिनासम्झौता बेलायतलाई बाहिरिने कदम रोक्न सांसदहरूको क्षमता कटौती गर्न लागेको विपक्षीहरूले आरोप लगाएका छन् ।
वर्षे बिदा सकेर मङ्गलबारदेखि बेलायतको संसद सुरु भएको थियो । संसद बैठक आरम्भ भएको केही दिनमै प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्रीको कदमको विरोधमा सडकमा उत्रेका जनताले सो कदमलाई राजनीतिक कूको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको घोषणाअनुसार आगामी संसद बैठक अक्टोबर १४ बाट आरम्भ हुनेछ ।
जोनसनको कदम बदर गर्न केही विपक्षी सांसदहरूले बेलायती दरबारमा पत्राचार गरेका छन् ।
सो कदमविरुद्ध बेलायतका विभिन्न सहरमा हस्ताक्षर सङ्कलनसमेत सुरु गरिएको छ । सो ज्ञापनपज्ञमा लाखौं बेलायतीले आफ्नो नाम र हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *