अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
वासिङ्टन, १३ भदौ (सिन्ह्वा) । संयुक्त राज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।
विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरूको सङ्ख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरूको सङ्ख्याको संशोधित सङ्ख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाइ छ ।
संयुक्त राज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याङ्कले रोजगारी गुमाउनेको सङ्ख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरूको सङ्ख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ ।
अमेरिकी श्रम बजारमा रोजगारदाताहरूले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३.७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ ।
Leave a Reply