नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १३ भदौ । युवा कवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार वागीश्वरी मा.वि.मा गजल गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयका शिक्षक हरिप्रसाद बास्तोलाले मोतीराम भट्टको सङ्क्षिप्त जीवनी प्रस्तुत गर्दै उनको साहित्यिक योगदानबारे चर्चा गर्नुभयो ।
कक्षा ११ र १२ को ऐच्छिक नेपाली विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले आफूले रचेका रचनाहरू वाचन गर्दै विद्यालयले गरेको गोष्ठीले प्रतिभा प्रस्फुटनको मञ्च तयार भएको बताए । उनीहरुले देश र समाजप्रतिको आफ्नो मनोभाव गजलमार्फत प्रस्तुत गरेका थिए ।
गोष्ठीमा चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, चाँगुनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक दधिराम गेलाल, नेपाली विषय शिक्षक रवीन्द्र न्हेमाफुकी, सञ्चारकर्मीहरू जितेन्द्र रसिक, हरिसुन्दर छुकांलगायतले गजल वाचन गर्नुभएको थियो ।
शिक्षक तथा स्रष्टा चन्द्रप्रसाद ढकालले सञ्चालन गरेको उक्त कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको थियो ।
गोष्ठीमा गायक कमल रिजालले तबलावादक श्यामसुन्दर कायस्थ र गिटारिस्ट सुप्रिय थापाको सहयोगमा गजल गाउनुभएको थियो । गोष्ठीमा गजलगायक रूसिस त्रिपाठीले पनि गजल प्रस्तुत गर्नुभएको थियो ।
नयाँतथा पुराना पुस्ताका साहित्यिक स्रष्टाहरूको जमघट गराई साहित्य प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ विगत ११ वर्षदेखि यो गोष्ठी हुँदै आएको छ ।
Leave a Reply