तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर १४, भदौ । नेपाल मजदुर किसान पार्टीको असोज ३, ४ र ५ गते भक्तपुरमा सम्पन्न हुने सातौं महाधिवेशनमा युवाहरूको भूमिकाबारे छलफल गर्न नेपाल क्रान्तिकारी युवा सङ्घले शनिबार जिल्लास्तरीय युवा भेला आयोजना ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवांले महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न अनुशासित युवाहरूको बलियो सङ्गठन तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर क्यान्सर अस्पतालमा पूर्वव्यवस्थापकहरूले गरेको भ्रष्टाचारबारे चर्चा गर्दै न्यायको लागि युवाहरूले गैरकानुनी सङ्घर्ष गर्न पनि तयार हुुनुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोँजूले पार्टीको सातौँ महाधिवेशन वैचारिक र सैद्धान्तिक सङ्घर्षकै सिलसिला भएकोले महाधिवेशन सफल पार्न युवाहरू गम्भीरताका साथ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष राजकुमार लघुले पनि बोल्नुभएको थियो ।
Leave a Reply