भर्खरै :

सूर्यविनायकमा कार्यकर्ता भेला

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिले शनिबार कार्यकर्ता भेलाको आयोजना ग¥यो । पार्टीविरूद्ध २०४५ भदौ ९ गते पञ्चायती व्यवस्थाले गरेको षड्यन्त्रको भत्र्सना गर्न आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले क्रान्तिकारी इतिहासले नयाँ पुस्तालाई सङ्घर्ष गर्न उत्साहित गरेको विचार राख्नुभयो ।
उहाँले पुरानो पुस्ताको दुःख, त्याग र बलिदानले नयाँ पुस्ताले केही राजनीतिक स्वतन्त्रता पाएको भन्दै समाजको अग्रगमनको निम्ति नयाँ पुस्तामा क्रान्तिकारी भावना अनिवार्य छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले जनताको पक्षमा लड्नेविरूद्ध वर्ग शत्रुले अनेक जालझेलमा फसाउने भएकोले सचेत र सक्रियता आवश्यक छ भन्नुभयो ।
उहाँले राजनीतिक कार्यकर्तामा धैर्य सख्त जरूरी छ भन्दै सङ्घर्ष गर्न नसक्नेले जीवनको वास्तविक महत्व बुझ्नै नसक्ने बताउनुभयो ।
तुल्सीदास कासुलाको सभापतित्वमा भएको कार्यक्रममा बाबुकाजी कासुलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *