अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
किशोर पौडेल
“तपार्इँ बकबास नगर्नुस्” र “तपाईँ यहाँबाट जान सक्नुहुन्छ” भन्ने शब्द पत्रकारले बोलाएका पाहुना जति रिसाए पनि निकाल्नै नहुने शब्द हुन् ।
नयाँ वर्षको सुरु वैशाख महिनाको अन्तिम साता एउटा टेलिभिजन कार्यक्रम चर्चित बन्यो । टेलिभिजन कार्यक्रममा निम्त्याइएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बोल्दाबोल्दै माइक नै फालेर हिँड्नुपर्ने परिस्थिति बन्यो । पछिल्लो समय नेपालका टेलिभिजन, पत्रपत्रिका र अनलाइनहरूमा लिइने अन्तर्वार्ताको अवस्था र यसको गुणस्तरमा हुनुपर्ने सुधारको विषय पेचिलो बन्दै गएको छ । संसारभर पत्रकारितामा अत्याधिक प्रयोग हुने सूचनाको एउटा स्रोत अन्तर्वार्ताको पनि हो । सामान्यतया अन्तर्वार्ता लिने व्यक्ति आफू शान्त र तनावमुक्त हुनुपर्छ, कुनै प्रकारको घमण्डबाट मुक्त हुनुपर्छ । किनकि अन्तर्वार्ताको मुख्य उद्देश्य नै सूचना लिने र जनतामा सही सूचना प्रवाह गराउने नै हो ।
अन्तर्वार्तामा पत्रकारका प्रश्नभन्दा स्रोतका उत्तर महत्वपूर्ण हुन्छन् । पत्रकारले व्याख्या गर्नथाल्यो भन्यो त्यो अन्तर्वार्ता हुनसक्दैन । तर अन्तर्वार्ता लिने पत्रकारले सोधेको प्रश्नमा गोलमटोल जवाफ आयो भनेमात्रै फरक तरिकाले सोध्ने हो । तर यी सैद्धान्तिक मान्यतासँग नेपाली पत्रकारिताका विभिन्न माध्यम, टेलिभिजन, रेडियो, अनलाइनहरूमा लिइने अन्तर्वार्ता कति नजिक होलान् त ? कार्यक्रम चलाउने प्रस्तोता कति हद्सम्म संवेदनशील र लचिलो बन्नुपर्छ ? कता कति चाहिएला ? यो कुनै अङ्क गणितीय सङ्ख्या आधारमा भन्न सकिने विषय होइनन् । यो त सामाजिक पाच्य र सकारात्मक प्रभावबाट मापन गरिने विषय हुन् । नेपालमा टेलिभिजनहरूले प्राइम टाइम लक्षित अन्तर्वार्ताका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । केही प्रतिनिधि कार्यक्रमलाई छाड्ने हो भने कुनै न कुनै प्रकारको विवादबाट मुक्त हुन सकेका छन् । अझ कहिलेकाहीँ कुनै व्यक्तिलाई उछाल्न र कसैलाई सिध्याउनका लागि प्रयोग हुने गरेका अन्तर्वार्ता नै नेपाली पत्रकारिताको ऐना बन्ने गरेका छन् । जुन दुर्भाग्य छ ।
विशेषगरी नेपाली टेलिभिजनमा लिइने अन्तर्वार्ताको गुणस्तर ज्यादै खस्कँदो रहेको आरोप लाग्ने गरेको छ । नेपालमा टेलिभिजनको सङ्ख्या जुन अनुपातमा बढेको छ, अझ समाचार च्यानलको रुपमा स्थापित टेलिभिजनहरू अन्तर्वार्ता लिएर नै समय धान्नुपर्ने अवस्था छ । टेलिभिजन खोल्ने तर गुणस्तर कायम गर्न नसक्ने अवस्था आएपछि अब समाचारमात्रै होइन अन्तर्वार्तामा पनि एजेन्सीहरूकै भरपर्नुपर्नेतर्फको शङ्का निवारण हुनुपर्ने अवस्था छ ।
टेलिभिजन च्यानलमा अन्तर्वार्ता लिने प्रस्तोताको शैली अर्काको नक्कल गर्ने प्रवृत्तिसँग पनि जोडिएको छ । विषयवस्तु र व्यक्तिको छनौट, प्रस्तोताको अध्ययन, अनुभव, विश्लेषण गर्नसक्ने क्षमता, असहजतालाई सम्हाल्न सक्ने खुबी र बोलीमा स्पष्टता प्रस्तोताका लागि अत्यावश्यक गुणहरू हुन् । कुनै व्यक्तिको नक्कल गर्दैमा ऊ जस्तै बन्ने वा उसको कार्यक्रम जतिको पपुलर बनाउन सकिन्छ भन्ने भ्रम अहिले पनि केही प्रस्तोताको छ ।
अन्तर्वार्ताको क्रममा सामान्यतया टेलिभिजनहरूमा सूचना निकाल्ने भन्दा पनि नेता वा सरोकारवाला निकायलाई ल्याएर ¥याख¥याख्ती पार्न सकेमात्रै चलिन्छ भन्ने भ्रम पनि समस्याको जड हो । नेपाली टेलिभिजनमा आफूलाई सर्वेसर्वा भन्ने प्रस्तोता स्रोतका लागि बोलाएका व्यक्तिभन्दा बढी जान्नेसुन्ने ठहरिनु पनि अर्काे दुःखद पक्ष छ । त्यही हो ! भनेजस्तो अवस्था पनि नभएको होइन । टेलिभिजन व्यवस्थापनका पनि केही निहित कमजोरी छन् । विषयमा अध्ययन वा ज्ञान नभएका व्यक्तिलाई जबरजस्ती अन्तर्वार्ताको गुणस्तर खस्किनुमा जिम्मेवार छ ।
नेपालमा मात्रै होइन अन्यत्रसमेत टेलिभिजन क्षेत्रमा स्टुडियोमै कुटाकुट हुने अप्रत्यासित अवस्था हामीले हेरिरहेकै छौँ । विवादास्पद विषयलाई लक्षित गरेर कार्यक्रम चल्न थालेपछि समस्या देखिने गरेका छन् । पछिल्लो सूचना प्रविधिको पहुँचका कारण युटूयुब च्यानलहरूमा आफ ्नो भ्युअर बढाउने नाममा सोधिने प्रश्न र अपेक्षाकृत जवाफ पनि अन्तर्वार्ता खस्काउने माध्यम बन्ने गरेका छन् । अझ पछिल्लो समयमा त टेलिभिजन अन्तर्वार्ताको चर्चाको मापन नै युटूयुब च्यानलमा आउने समययता नेपाली टेलिभिजनमा अन्तर्वार्ताको क्रममा हुने झगडा वा विवादको फेहरिस्त लामो छ । त्यसमध्येका केही प्रतिनिधिमूलक घटना हेरौँ ।
घटना नं. १
एभिन्यूज टीभीको एउटा कार्यक्रम जसको नाम हो ‘राजनीतिक सकस’ मा अन्तर्वार्ताको क्रममा केही मिस अन्डरस्टान्डिङजस्तो देखिन्छ । मधेस राजनीतिमा निकै शालिन नेता मानिने उपेन्द्र यादव र प्रस्तोता सुशील पाण्डेबीच बहस सुरु हुन्छ । सुरुकै बहसमा उपेन्द्र यादवको प्रस्तुति अलि अपाच्य खालको नै देखिन्छ । यति हुँदाहुँदै पनि बहस अगाडि बढ्छ । तात्दै जाँदा भर्खरै मात्रै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको एक समूह एकता भएको प्रसङ्ग सुरु हुन्छ र पार्टीले के काम गर्छ जनताका लागि ? भन्ने सोधाइबाट बहस उत्कर्षमा पुग्छ । उपप्रधानमन्त्री उपेन्द्र यादव अस्वाभाविकरूपमा कार्यक्रम बन्द गर्नुस् भन्दै छटपटिन्छन् । जवाफमा प्रस्तोता पाण्डेले तपाईँ जान सक्नुहुन्छ, भन्छन् । जब यादव माइक फ ्याँकेर हिँड्न खोज्छन् अनि प्रस्तोता पाण्डेले मेरो प्रश्नको जवाफ दिन नसक्ने हो भने जान सक्नुहुन्छ भनेर अत्तो थाप्छन् । उपप्रधानमन्त्री हिँड्छन् । अनि एकछिन पाण्डे बोल्छन् र कार्यक्रम सिद्धिन्छ ।
यो समयसम्ममा प्रयोग भएका यादवका अभिव्यक्तिलाई मैले लेखमा पस्कन जरुरी ठान्दिनँ तर प्रस्तोता पाण्डेले बोलेका “तपाईँ बकबास नगर्नुस्” र “तपार्इँ यहाँबाट जान सक्नुहुन्छ” भन्ने शब्द पत्रकारले बोलाएका पाहुना जति रिसाए पनि निकाल्न नहुने शब्द हुन् । किनकि अन्तर्वार्ता दिन आउने व्यक्ति जतिसुकै अराजक भए पनि प्रस्तोताले कार्यक्रमलाई संयमित बनाउन सक्नुपर्छ । यो अन्तर्वार्तामा उपप्रधानमन्त्री यादवको हुर्मत लिन खोजेजस्तो देखिन्छ, जुन हाम्रो पत्रकारिताको धर्मले मान्दैन । हाम्रो धर्मले त यिनै प्रश्नलाई शिष्टतापूर्वक सोधेर खुसीसाथ हात मिलाएर बिदा हुने कल्पना गर्दछ ।
घटना नं. २
२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि त्यसको पर्सिपल्ट कान्तिपुर टेलिभिजनको प्रधानसम्पादक दिलभूषण पाठकले चलाउने टफटकमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई निम्त्याइयो । कान्तिपुर मिडिया गु्रपको तीनकुनेस्थित कार्यालयमा रहेका ३ वटा भवनमध्ये एउटा पूर्णरूपमा क्षति पुगेको थियो । बाँकी २ भवन दुवै अग्ला थिए, त्यसैले काम गर्ने वातावरण नभएपछि सीधै ओभी भ्यान सडकमा राखेर काम भइरहेको थियो । त्यसैको बीचमा बोलाइएको उपप्रधानमन्त्रीलाई पाठकको पटक–पटकको प्रश्न थियो– सरकार आपत्कालीन अवस्थाको अनुमानमा किन चुक्यो ?
आपतकालीन उद्दारमा किन पुगेन सरकार ? पटक–पटकको यो प्रश्नपछि देशभरको सुरक्षाको जिम्मा लिएका गृहमन्त्रीको जवाफ निकै कठोर खालको रह्यो । भौगोलिक विकटता र प्राकृतिक विपत्ति एकपछि अर्काे सामना गरिरहेको नेपालका लागि निकै संवेदनशीलताको अवस्था थियो त्यो । जनताको आवाज बोल्ने मिडियाले सोध्ने प्रश्न र आफैँ काममा खटिएका मन्त्रीले दिने जवाफ दुवै आ–आफ ्ना ठाउँमा ठिक्कै होलान् तर प्राकृतिक प्रकोपका कारण परिस्थिति बिग्रिएका बेला सञ्चारमाध्यमले जबरजस्त उछाल्ने काम गरेको भन्दै चर्काे विरोध भयो । तर कार्यक्रममा गृहमन्त्री र पाठक दुवैको संयमताले उग्र रूप लिन पाएन ।
घटना नं. ३
टेलिभिजनमा अन्तर्वार्ताका प्रस्तोता ऋषि धमला । प्रायः नेतालाई ल्याएर जुधाउने । प्राइम टाइम्स टेलिभिजनमा दुई जना फरक राजनीतिक धार नेकपा र नेपाली काङ्ग्रेसका नेतालाई बोलाएर सोधियो । अन्ततः धमला यसकारण सफल हुन्छन् कि दुई नेता उठेरै कुटाकुटका निम्ति तयार हुन्छन् । अनि कार्यक्रम सकिन्छ । अनि एउटा जिम्मेवार टेलिभिजनको युट्युब च्यानलको ह्यास ट्यागमा लेखिन्छ, “काङ्ग्रेस–कम्युनिस्टका नेताहरूले धमलाको कार्यक्रममै गरे मुख छोडाछोड पछि कुटाकुट, स्टुडियोबाटै भागाभाग ।” कार्यक्रम अवधिमा नेकपाका नेता सत्यनारायण मण्डलका हातमा मोबाइल छुटेकै छैन र सुस्त बोल्न जानेको स्क्रिनमा कोही देखिँदैन । तर, कार्यक्रमको नामै काफी छ “जनता जान्न चाहन्छ ।”
घटना नंं. ४
केही समयअगाडि अर्को एउटा निजी टीभी च्यानल माउन्टेन टीभीमा प्रस्तोता सुनिल दाहाल तत्कालीन वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई सुरुबाट नै झयाँको झार्ने तरिकाले प्रस्तुत हुन्छन् । सम्बोधनमै उनलाई विवादमा परिरहने मन्त्री भनिएको छ । पहिलो प्रश्नमा सोधिन्छन् तपार्इँले त मन्त्रालयमा तहल्कै पिट्न भा छ रे नि ? मन्त्री भन्छन्, कुन अर्थमा ? प्रस्तोता फेरि प्रश्न गर्छन्, तपाईँलाई त अराजक मन्त्रीको सूचीमा राखिएको छ रे नि त ? यी र यस्तै घेरिन्छन् मन्त्री तर उनी त्यति आवेशमा देखिँदैनन् जति प्रस्तोता देखिन्छन् । अलि रिसाएपछि मन्त्री गौचनले भनेका छन्, मलाई नीतिगत कुरा सोध्न बोलाइएको भन्नुभो नीतिगत कुरा सोध्नुस् हैन भने म तपाईँका प्रश्नको जवाफ दिन तयार छैन । त्यसपछि मन्त्री फेरि भन्छन्, तपार्इँ राम्रोसँग प्रस्तुत हुने कि नहुने ? यतिभन्दा पनि प्रस्तोताको शैलीमा कुनै नरमता देखिँदैन । मन्त्री भन्छन्, मलाई पटक–पटक बोलाएका कारण तपाईँको सम्मानका लागि काम छाडेर आएको हो ? त्यत्तिकै होइन तपाईँ सम्मान गर्नुपर्दैन ? म अपमान हुन आएको हो ? मन्त्रीले सीधै घुमाउरो पारामा तस्करको सहयोगमा कार्यक्रम चलाएको हो कि भन्ने शङ्का उत्पन्न भएको बताउँछन् । समग्रमा टीभी प्रस्तोतालाई राम्रैसँग पढाउँछन् । यी जति विषय उठेका छन् यदि मन्त्रीले संयमता गुमाएका भए स्थिति कति तनावपूर्ण बन्थ्यो होला ? मन्त्री गौचन अन्तिमसम्म बसे तर कार्यक्रम सकिएपछि प्रस्तोताले भागेर बिदासमेत नगरेको गुनासो गरे । यस्तो स्थिति आउनु कति लाभदायक होला ?
घटना नं. ५
एक वर्षअगाडि देशमा निर्वाचन भएपछि केपी शर्मा ओली नेतृत्वको सरकार गठन भयो । १०० दिनलाई लक्षित गरी नेपाल टेलिभिजनको कार्यक्रम सीधा प्रश्नमा निम्त्याइयो सरकारका प्रवक्ता सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई, सञ्चालक थिए राजु थापा । सरकारी टेलिभिजनमा विभागीय मन्त्रीलाई निम्त्याइएको छ र दुईतिहाइ सरकारको काम तथा भविष्यका बारेमा कुराकानी गर्ने भनिएको छ । सम्बोधनको क्रममा उठाइएको शब्दप्रति मन्त्री बाँस्कोटाले सुरुवातमै आपत्ति जनाए, जुन जोगी आए पनि कानै चिरेको भएको छैन र हुने पनि छैन । आफ ्नै विभागीय मन्त्रीलाई दाइजोमा लगेर ठेगान लगाउन खोजिएको देखिन्छ । विभागीय मन्त्रीले प्रस्तोतालाई तपाईँ कम बोल्नुस्, म जवाफ दिन आएको भनेर सिकाउनु परेको छ ।
घटना नं. ६
एपी वान टेलिभिजनमा केही समयअगाडि एक जना प्रेम कैदी नामका व्यक्ति अन्तर्वार्तामा आएका छन् र उनलाई चर्चित प्रस्तोता टीकाराम यात्रीले यसरी बोल्न छाडिद्न्छन् कि मानौँ उनी संसारकै विज्ञ व्यक्ति हुन् । त्यसदिन प्रेम कैदीले जुन भाषा बोले र जुन भाव देखाए त्यसले साँच्चिकै लज्जित बनाएको छ । टीकाराम यात्रीजस्ता प्रस्तोताले त्यसरी तुच्छ आरोप लगाउँदा चुप बसेर बोलिरहनुले शङ्का उत्पन्न गरायो ।
घटना नं. ७
हिमालयन टेलिभिजनमा ऋषि धमलाले तीन जना नेतालाई बोलाए । तत्कालीन नेकपा एमालेका केशव बडाल, नेपाली काङ्ग्रेसका मीनबहादुर विश्वकर्मा र सङ्घीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ । त्यहाँ पनि धमला विश्वकर्मा र बडाललाई भिडाएर आफू भने हाँसेर बसेको देखिन्छ । त्यतिमात्रै होइन चर्चित नायिका ऋचा शर्मासँग महिला र पुरुषबीच हुने गोप्य विषय पटक–पटक सोधेका छन् । प्रस्तोताले व्यक्तिको गोपनीयताको संवैधानिक हकलाई रक्षा गर्नुपर्छ कि पर्दैन ? यसमा धमलाको तीव्र आलोचना भयो तर उनी यसलाई चर्चा मान्छन् ।
टेलिभिजनमा आउने प्रायः अन्तर्वार्ता घटना र प्रवृत्तिगत नभएर पात्र केन्द्रित बन्ने गरेका छन् । पात्रलाई उछाल्ने या पछार्ने प्रवृत्ति हाबी छ । हामीसँग प्रेस काउन्सिल छ, आचारसंहिता छ । केवल छैन त आचारसंहिता कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने अधिकार । त्यसैले कुनै न कुनै कानुनद्वारा यस्ता घटनामा कारबाही हुने वातावरण हुनुपर्ने अवस्था छ । पत्रकार वा टीभीले जे देखाए पनि र जसरी प्रस्तुत भए पनि हुन्छ भन्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । अझ गेष्टले जस्तो प्रस्तुति देखाए पनि पेशागत धर्मबाट बिमुख हुनुहुँदैन ।
कान्तिपुर टेलिभिजनबाट प्रसारित हुने अन्तर्वार्ताको कार्यक्रम फायर साइड १६ वर्ष पुग्यो । अहिलेसम्म कार्यक्रममा यस्तो असहज अवस्था नआएको त्यसका प्रस्तोता भूषण दाहाल बताउँछन् । अन्तर्वार्ता लिने र दिनेबीच दायरा हुनुपर्छ । जेन्टलमेन्ट एग्रिमेन्टको प्यारामिटर हुनुपर्छ नभए रेफ्रीबिनाको खेलजस्तो हुने दाहालको बुझाइ छ । समाजमा अहिले अन्तर्वार्ताका दुई थरी अडियन्स छन् । आवेग प्रेरित नभएका अन्तर्वार्ताका कार्यक्रमहरू पनि राम्रोसँग चलेका छन्, जबरजस्ती गर्नुको महत्व छैन । साँच्चिकै नेपालमा चलिरहेका अन्तर्वार्ताका कार्यक्रम हेर्ने हो भने अहिले प्रहरीले लिने बयानजस्तो देखिन्छ । के हाम्रो पत्रकारिता धर्मजस्तै हो ? कसैको मनमा भएका कुरालाई उजागर गर्नका लागि अन्तर्वार्ता लिन्छौँ भने प्रहरीले कुटेर बयान लिएजस्तो गर्नुभएन । अन्तर्वार्ता दिने विज्ञहरू पनि खराब छन् । लोकप्रियताका लागि जहाँ बोलायो त्यहाँ जाने, के विषयमा बोल्दै छु थाहा नपाउने, नसोध्ने, बिनातथ्य तथ्याङ्कका साथ बोल्दिने । विषयवस्तुको जानकारी नराख्ने अनि पत्रकारले सोधेको प्रश्नदेखि रिसाउने !
Leave a Reply