ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
– सञ्जीव दुलाल
भक्तपुर । माउन्ट भ्याली स्कूलको आयोजनामा भएको प्रभुदास स्मृति कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि भक्तपुर मेन डोजोले उचालेको छ । ७ स्वर्ण, ४ रजतसहित भक्तपुर मेन डोजो प्रथम भएको हो भने ४ स्वर्ण ३ रजतसहित भक्तपुर नगरपालिका डोजो द्वितीय भएको थियो यस्तै ३ स्वर्ण र २ रजतसहित ठिमी डोजो तृतीय भएको थियो ।
खेलकुदमा उत्कृष्ट खेलाडी पुरुषतर्फ भक्तपुर नगरपालिका डोजोका विमलकुमार थापा र महिलातर्फ गोजिरियोकी प्रियान्सु लामा भएका थिए । यस्तै उदयीमान खेलाडी झौखेल डोजोकी करिमा तामाङ र अनुशासित टीम डेमोस स्कूल भएका माउन्ट भ्याली स्कूलका प्रशिक्षक एवं एकेएफ रेफ्रि पृथ्वी बासुकलाले जानकारी दिनुभयो ।
खेलकुदमा पदक जित्न सफल खेलाडीलाई मेडल प्रमाणपत्र र टीम उत्कृष्टलाई ट्रफि प्रदान गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले खेललाई विश्व विद्यालयमा पढाइको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले खेल राष्ट्रको विकास र समृद्धिको प्रतीक हो, यसले खेलाडी र देशको इज्जत राख्छ, यसलाई सबै तहका विद्यालयमा अध्यापन गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राखेपका सदस्य तथा सितेरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङ, सोतोकानका प्रमुख प्रशिक्षक निवास वैद्य, कराते महासङ्घका राष्ट्रिय रेफि संयोजक राजेन्द्र कपाली, भक्तपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, माउन्ट भ्याली स्कूलका प्रिन्सिपल प्रभातराज राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णनारायण दुमरु, प्रमुख प्रशिक्षक मिलन मदन उप्रेतीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply