भर्खरै :

क्यान्सर अस्पतालका क्यान्सरहरू

 
लोकेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा रहेको भक्तपुर क्यान्सर अस्पतालको सञ्चालक समितिले अस्पतालको चुस्त सञ्चालनका लागि दिइएको जिम्मेवारी पूरा गर्न सकेन । विभिन्न चन्दादाता र शुभेच्छुकको सहयोगबाट बनेको अस्पतालमा जम्मा भएको कोषलाई अस्पतालको हितमा प्रयोग गरिएन । बरू सञ्चालक समितिका केही हर्ताकर्ताको दुनो सोझ्याउन अस्पतालको सम्पत्ति दुरूपयोग गरियो । आफू सञ्चालक समिति रहँदा आफ्नो स्वामित्वको कम्पनीबाट सामान खरिद गर्न नहुने सामान्य नैतिकतालाई समेत उल्लङ्घन गरेर सञ्चालक समितिका केही लोभीपापीले अस्पतालको लागि आवश्यक मजदुरहरू आफ्नै कम्पनीमा आपूर्ति गर्ने अनैतिक काम गरे । त्यतिमात्र होइन, मजदुरहरूलाई कागजमा एकथरी अड्ढमा हस्ताक्षर गराएर, हातमा त्योभन्दा कममात्र तलब दिने अशोभनीय कार्य भयो ।
सबै दाता, शुभेच्छुकहरूको सद्भाव र शुभेच्छाले चलेको अस्पतालका विभिन्न उपकरण निजी क्षेत्रलाई ठेक्कामा दिएर एकातिर बिरामीबाट चर्को पैसा असुल गर्ने अनि अर्कोतिर अस्पतालको आम्दानीले ठेकेदारलाई पोस्ने अनैतिक काम सञ्चालक समितिका केही पदाधिकारीहरूले गरे । देशका विभिन्न क्षेत्रबाट उपचारको आशा बोकेर आउने बिरामीमाथि उनीहरूका यस्ता अनैतिक क्रियाकलापबाट शोषण भएको छ । निजी क्षेत्रको अस्पतालले समेत गर्न हिच्किचाउने कृत्य पदाधिकारीहरूले गरे । अस्पतालको पैसा दुरूपयोग गरी पदाधिकारीहरू विदेश भ्रमणमा बिताउन थाले ।
अति भएपछि खति हुन्छ । क्यान्सर अस्पतालभित्र कुहिँदै गएका यस्ता फोहोर त्यहाँभित्रका चिकित्सक, नर्स र कर्मचारीको लागि असन्तोषको विषय बनेको आज होइन, धेरै अघिदेखि नै हो । अस्पतालजस्तो सेवाभावले चल्ने क्षेत्रमा झाङ्गिएको भ्रष्टाचारको कीरा स्थानीय जनताको लागि सह्य हुने कुरै थिएन ।

सबै दाता, शुभेच्छुकहरूको सद्भाव र शुभेच्छाले चलेको अस्पतालका विभिन्न उपकरण निजी क्षेत्रलाई ठेक्कामा दिएर एकातिर बिरामीबाट चर्को पैसा असुल गर्ने अनि अर्कोतिर अस्पतालको आम्दानीले ठेकेदारलाई पोस्ने अनैतिक काम सञ्चालक समितिका केही पदाधिकारीहरूले गरे । देशका विभिन्न क्षेत्रबाट उपचारको आशा बोकेर आउने बिरामीमाथि उनीहरूका यस्ता अनैतिक क्रियाकलापबाट शोषण भएको छ । निजी क्षेत्रको अस्पतालले समेत गर्न हिच्किचाउने कृत्य पदाधिकारीहरूले गरे । अस्पतालको पैसा दुरूपयोग गरी पदाधिकारीहरू विदेश भ्रमणमा बिताउन थाले ।

भ्रष्टाचारविरोधी आन्दोलनको ऐतिहासिक गाथा भएको भक्तपुरका जनताले आफ्नै आँगनमा भइरहेको भ्रष्टाचारलाई देखेनदेखे जस्तो गर्नु अर्को अनैतिक हो । भ्रष्टाचार गर्ने अपराधी, भ्रष्टाचार सहने अर्को अपराधी हुने भएकोले स्थानीय जनताले आवश्यक कारबाहीको लागि भक्तपुर नगरपालिकाको ढोका घच्घच्याए । भक्तपुर नपाकै भौतिक र नैतिक सहायतामा चलेको आफ्नै क्षेत्रभित्रको क्यान्सर अस्पतालको यस्तो दुरवस्थाप्रति नपाका जिम्मेवार जनप्रतिनिधिमात्र मुखमा बुजो लगाएर बस्ने अवस्था थिएन । नगरपालिकाका जनप्रतिनिधिहरूले जनताको आग्रहलाई सकार्दै के भएको भनी बुझ्न पूर्वपदाधिकारीहरूलाई सम्पर्कको लागि लगातार कोसिस गरे । तर, अस्पतालप्रति भन्दा आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा मग्न सञ्चालक समितिका केही पदाधिकारीहरूले बेवास्ता गरे । जनप्रतिनिधिको सद्भाव र सदाशयतालाई कमजोरीको रूपमा लिए । अन्ततः भ्रष्टाचारले एउटा अस्पताललाई असफलता र भद्रगोल हुनबाट जोगाउन जनताले निर्वाचित गरेका पदाधिकारीहरूले नयाँ तरिकाबाट अस्पताल अघि बढाउन खोजिरहेका छन् ।
अस्पतालभित्र गन्हाएका भ्रष्टाचारबाट आजित चिकित्सक, नर्स र कर्मचारीहरू पनि नयाँआरम्भको पक्षमा उभिए । भ्रष्टाचारीहरू आज आफ्नो गलत क्रियाकलाप छोप्न छटपटीमा अनेकन विकल्प खोज्दै हिँडेका छन् । उनीहरूले केही शासक दलका सांसदहरूलाई समेत अघि सारेर आफ्नो भ्रष्ट अनुहार छोप्ने प्रयास गरे । तर, उनीहरूले जतिसुकै छोप्न खोजे पनि भ्रष्टाचार र अनैतिकताको कालो छायाँले उनीहरूलाई कहिल्यै छोड्नेछैन । भ्रष्टाचारी कृत्यले भ्रष्टाचारीलाई जीवनभर कहिल्यै छोड्ने छैन । क्यान्सर अस्पताल जोगाउन भक्तपुर नपा, भक्तपुरका जनता, चिकित्सक, नर्स, कर्मचारी, शुभेच्छुक र सेवाग्राहीबीचको ऐक्यबद्धताभाव भने अझ कसिलो बनाउँदै अघि बढ्न जरूरी छ । भ्रष्टाचारविरोधी गर्दा कुनै दलभन्दा माथि दुई वटा खेमा हुन्छन्–भ्रष्टाचारको विरोधी वा भ्रष्टाचारीको पक्षधर । अब कुन दल कुन पक्षमा उभिने भन्ने निर्णय भने आ–आफैले गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *