के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
‘इन्साइड नेपाल’ पुस्तकले नेपाली राजनीति तरङ्गित भएको छ । नेपालका शासक दलका नेता तथा कार्यकर्ताहरू को को कताबाट सञ्चालित छन् भन्ने प्रश्न बेलाबेला उठ्ने गरेकै हो । एक समय भारतीय गुप्तचरी संस्था ‘रअ’ को विशेष निर्देशक रहेका
अमर भूषणले लेखेको ‘इन्साइड नेपाल’ (नेपालभित्र) नामक किताब छापिएपछि नेपाली शासक दलका नेताहरू कसरी विदेशी ‘अजेन्ट’ भएका रहेछन् भन्ने थप पुष्टि हुन्छ । पुस्तकमा भारतले आफ्नो स्वार्थपूर्तिको निम्ति तत्कालीन माओवादी तथा हालको नेकपा कसरी ‘रअ’को इसारामा नाच्न पुगे भन्ने खुलाएका छन्, लेखक अमर भूषणले । पुस्तकमा भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको अमर भूषणले दाबी गरेका हुन् । लेखकले नेपालका राजनीतिक दलको आन्दोलनको बलमा राजतन्त्र हटाउन ‘रअ’ ले गोप्य भूमिका निर्वाह गरेको उल्लेख गरेका हुन् । जसरी भए पनि राजतन्त्र हटाउन ‘रअ’ ले प्रचण्डलाई फकाउन लामो समय खर्चिएको पुस्तकमा चर्चा गरिएको छ ।
पुस्तकमा ‘काङ्ग्रेस, मधेसी दललगायतका अन्य दलका नेता पनि ‘रअ’ कै संयोजनमा सञ्चालित भएका’ भन्ने उल्लेख छ । अन्य शासक दलहरूको नाम पनि कुनै दिन सार्वजनिक होला ।
आफ्नो देशको स्वार्थको निम्ति अर्काे देशका नेताहरूलाई प्रयोग गर्नु विस्तारवादी वा साम्राज्यवादी चरित्र हो, त्यसो गर्नु उनीहरूको ‘धर्म’ होला । कुनै पनि देशभक्त नेताले कुनै पनि निर्णय आफंैले आफ्नो देशको पक्षमा गर्छ । आफ्नो देश र जनतालाई छात्तीमा राखेर गरिएको निर्णय नै सही हुन्छ ।
अमर भूषणले लेखेको ‘इन्साइड नेपाल’ (नेपालभित्र) नामक किताब छापिएपछि नेपाली शासक दलका नेताहरू कसरी विदेशी ‘अजेन्ट’ भएका रहेछन् भन्ने थप पुष्टि हुन्छ । पुस्तकमा भारतले आफ्नो स्वार्थपूर्तिको निम्ति तत्कालीन माओवादी तथा हालको नेकपा कसरी ‘रअ’को इसारामा नाच्न पुगे भन्ने खुलाएका छन्, लेखक अमर भूषणले । पुस्तकमा भारतीय गुप्तचर संस्था ‘रअ’को निर्देशनमा नेपालबाट राजतन्त्र हटाइएको अमर भूषणले दाबी गरेका हुन् । लेखकले नेपालका राजनीतिक दलको आन्दोलनको बलमा राजतन्त्र हटाउन ‘रअ’ ले गोप्य भूमिका निर्वाह गरेको उल्लेख गरेका हुन् । जसरी भए पनि राजतन्त्र हटाउन ‘रअ’ ले प्रचण्डलाई फकाउन लामो समय खर्चिएको पुस्तकमा चर्चा गरिएको छ ।
नेपालमा राजनीतिक परिवर्तन आवश्यक थियो, नेपालको राजनीतिक परिवर्तनको निम्ति कुनै देशले नैतिक समर्थन जनाउनु एउटा पक्ष हो भने आफ्नो स्वार्थस“ग जोडेर कुनै अर्को देशले दबाब दिनु वा बाध्य पार्नु फरक पक्ष हो । स्पष्ट छ, कुनै पनि राजनीतिक परिवर्तन आफ्नै खुट्टा उभिएको भएमात्र त्यसले सार्थक परिणाम ल्याउ“छ अन्यथा परिवर्तन दीगो नहुनसक्छ । पुस्तकमा उल्लिखित ‘‘राजतन्त्रलाई ‘रअ’ को माध्यमबाट दिल्लीले विस्थापित गरेको हो, स्थापित गर्ने क्षमता पनि उसैमा छ’’ भन्ने धारणाप्रति जनता सचेत हुनैपर्छ ।
गणतन्त्र राजतन्त्रभन्दा प्रगतिशील व्यवस्था हो भन्ने कुरामा कमैको विमति होला, तर कस्तो खालको गणतन्त्र भन्ने मुख्य प्रश्न हो । यो प्रश्न जनआन्दोलनको बेला पनि चर्कोरूपमा उठेकै हो । देशमा पुँजीवादी गणतन्त्र आयो, तर कामदार वर्गको माग त समाजवादी गणतन्त्र हो । हिजोको संवैधानिक राजतन्त्र र आजको पुँजीवादी गणतन्त्रमा जनताले तात्विक भिन्नता पाएका छैनन् । शोषण, अन्याय र अत्याचारमा कमी आएको छैन ।
केही राजनीतिक तथा मौलिक अधिकार पाएपनि जनताले वास्तविक स्वतन्त्रता पाएका छैनन् । समाजवादी गणतन्त्रमा उत्पादनका साधनहरू सामाजिकीकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, शोषणविरुद्धको हक हुने, योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था हुने, योग्यता विकासमा समान अवसर हुने, सम्पत्तिमा सीमा हुने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने, शिक्षालाई उत्पादन श्रमसँग जोड्ने आदि नीति लागू हुन्छ । दुर्भाग्य, राजाको निरङ्कुशताको अन्तको निम्ति नेपाली जनताले ठूलो त्याग र बलिदान गरे ।
आज गणतन्त्र त स्थापना भयो, तर वडादेखि केन्द्रीय तहसम्म सयौँ राजाहरू देखा परे । जनता तावाबाट उम्किएको माछोजस्तै बने । यदि शासक दलका नेताहरू साँचो मानेमा गणतन्त्रवादी थिए भने वा ती नेताहरूले राजतन्त्रको अन्त नै गर्न चाहन्थे भने जनतालाई सत्ता सञ्चालनको केन्द्रमा राख्थे । साँचो अर्थमा शासक दलहरू राजावादी नै पुष्टि हुन्छ ।
Leave a Reply