भर्खरै :

बैड्ढको पैसा चोरी र सुरक्षा व्यवस्था

नेपालका विभिन्न बैड्ढका एटीएमबाट ठूलो परिमाणमा रकम चोरी गर्ने केही चिनियाँयुवाहरूको प्रयास विफल भयो । नेपालको खुकुलो प्राविधिक सजगताको उपयोग गर्दै बैड्ढको पैसा चोर्ने प्रयासलाई नेपाल प्रहरीको तदारुकताले रोक्न सफल भयो । नेपालस्थित चिनियाँराजदूतावासले गिरफ्तार युवाहरूलाई कडा कारबाहीको लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।
भारतीय विमानसेवाको विमान सन् १९९९ डिसेम्बर २४ मा अपहरण गरी अफगानिस्तानको कान्दहरमा लगेको इतिहास धेरै पुरानो होइन । नेपाली विमानस्थलको कमजोर व्यवस्थापन र सुरक्षा व्यवस्थाको फाइदा उठाएर त्यत्तिबेला भारतीय विमान अपहरण गरिएको थियो । यतिबेला नेपालका एटीएमबाट विदेशी नागरिकले पैसा चोरी गर्ने प्रयास पनि नेपालकै कमजोर प्राविधिक सुरक्षाको परिणाम हो । अपराधीहरूले स्वभावतः अपराधको अनेक प्रविधि र जुक्ति प्रयोग गर्छन् । त्यस्ता विषयमा सजगता अपनाउने दायित्व सरकारको हो । संयोगले एउटा बैड्ढका कर्मचारीले पूर्वजानकारी दिएकोले यो पटक करोडौँ नेपाली पैसा चोरिनबाट जोगियो । साथमा एउटा कुरा के पुष्टि भयो भने प्रहरीले यस्तो अपराधका सुराकी गर्ने कुनै संयन्त्र वा सञ्जालको विकास गरेको छैन । प्रहरीले यस्ता अपराधका धेरै अपराधीलाई आजसम्म पनि पक्राउ गर्न सकेको छैन । प्रहरीकै आशड्ढामा पनि गएको शनिबार भएको एटीएम चोरी प्रयासमा कोही नेपालीकै संलग्नता हुनसक्छ । प्रहरीले छ जना विदेशी नागरिकलाई यो मुद्दामा पक्राउ ग¥यो । तर, यसको सञ्जालबारे थप कुरा बाहिर ल्याउन जरुरी छ । नेपाली नागरिककै संलग्नता रहेको अवस्थामा तिनलाई सार्वजनिक गर्नुपर्छ ।
प्रहरीको जिम्मेवारी टोले चोर पक्राउ गरेरमात्र पूरा हुँदैन । नेपाल प्रहरीभित्रैको सञ्जाल प्रयोग गरेर अपराधका घटना हुने गरेको उदाहरण छन् । निर्मला हत्या काण्डदेखि चितवनमा पत्रकार शालिकग्राम पुडासैनीको हत्या वा आत्महत्याको सन्दर्भमा प्रहरी अनुसन्धान अझै पनि अपूर्ण छ । यस्ता असफलताले प्रहरीभित्रै पनि अपराधी भएको वा अपराधीको सञ्जाल भएको अनुमान गरिन्छ । यो सन्दर्भलाई बैड्ढका एटीएमबाट पैसा चोरी प्रसङ्गलाई जोड्न जरुरी छ ।
सूचना र प्रविधिको विकाससँग अपराधीहरूले पनि तिनको प्रयोग गर्न थालेका छन् । त्यसकारण प्रहरीभित्र प्रविधिको उच्च प्राविधिक निपुणता भएको जनशक्तिको आवश्यकता छ ।
विदेशीहरू नेपालका एटीएममा चोरी गर्न त्यत्तिकै आउँदैनन् । नेपालको कमजोर प्राविधिक अवस्था र सुरक्षा अवस्था बुझेर नै उनीहरू नेपाल पसेका हुन् । नेपालका सुरक्षा निकायहरूले यो वास्तविकतालाई साक्षी राखी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजगता अपनाउनुपर्छ । उच्च प्राविधिक जनशक्तिबाट सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्छ । वित्तीय कसुरका घटनाले सिङ्गो सुरक्षा व्यवस्थाको कमजोरी प्रतिबिम्बित गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *