तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० भदौ । नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा शुक्रबार नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा हुने साताँै महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरूको भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टी सङ्ख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग रहने नेपालको सच्चा कम्युनिस्ट पार्टी भएको बताउनुभयो ।
नेमकिपाको सातांँै महाधिवेशन सफलताका साथ सम्पन्न गर्न प्राध्यापक–कर्मचारीहरूलाई आफ्नो क्षमताअनुसारको आर्थिक, नैतिक र भौतिक सहयोगको लागि आग्रह गर्दै उहाँले पार्टीको महाधिवेशन समाजवादी प्रचार अभियानकै सिलसिला भएको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरू पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्राध्यापक समाज, इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरूको तर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङ कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply