ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, २० भदौ । आधारभूत विद्यालय समिति भक्तपुरको शैक्षिक कार्यतालिकाअनुसार नवीन आधारभूत विद्यालयको संयोजनमा शुक्रबार बुद्धिचाल प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पु¥याउन समितिले विविध अतिरिक्त क्रियाकलापहरुमा मात्र सीमित नगरी सामाजिक भावनाको विकास गर्ने माध्यमको रूपमा लिनुपर्ने बताउनुभयो ।
निर्णायक रत्नप्रसाद फैजूले बुद्धिचाल खेलले विद्यार्थीको बौद्धिक विकासमा टेवा पुग्ने बताउनुभयो । संयोजन विद्यालयका प्रअ प्रकाश गोसाईले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा समितिका सहसचिव कृष्णभक्त श्रेष्ठले पनि बोल्नुभएको थियो ।
उक्त प्रतियोगिताको आधारभूत तह कक्षा ६–८ तर्फको विधामा भीम आदर्श आधारभूत विद्यालयका सुजन तामाङ प्रथम, तारा मा.वि. का पाल्साङ्ग लामा द्वितीय, समाज सुधार माविका निश्चल सिङ्गार तृतीय र बालसेवक आविका प्रदीप योञ्जन सान्त्वना भए ।
त्यसैगरी कक्षा १–५ तर्फको विधामा बह्मायणी आविका हिरन श्रेष्ठ प्रथम, नवीन आविका मणिक खायमली द्वितीय, तारा माविका अर्जुन माक तृतीय र गणेश माविका शिवानीकुमारी शाह सान्त्वना भए ।
Leave a Reply