तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २० भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन (असोज ३,४ र ५) बारे शिक्षकहरूलाई जानकारी दिने उद्देश्यले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार शिक्षक भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले माक्र्सवादी शिक्षाले कुनै पनि कुरालाई अन्ध समर्थन गर्नु वा विरोध गर्नुको साटो आलोचनात्मकरूपमा हेर्न सिकाउने बताउनुभयो ।
बहुमत जनतालाई सचेत र सङ्गठित गरी जनताको प्रजातन्त्र स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेमकिपाको लक्ष्य रहेको उहाँले बताउनुभयो ।
नेमकिपाले विगतमा गरेका योगदानहरूबारे शिक्षकहरूले नयाँ पुस्तालाई बुझाउनुपर्छ, उहाँले भन्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सहसचिव सुन्दर राजचलले प्रजातन्त्रमा दल खोल्ने अधिकार जनतामा रहेको बताउँदै निर्वाचनमा दलले प्राप्त गरेको मतको आधारमा राष्ट्रिय पार्टी हुने कथित थ्रेसहोल्डको सिद्धान्त दुईदलीय तानाशाही निम्त्याउने शासकहरूको योजना भएको बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै आयोजक समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले पार्टीको महाधिवशेनमा सहयोग गर्न शिक्षकहरूलाई आह्वान गर्दै शिक्षकहरू राजनैतिक कक्षाहरूमा निरन्तर सहभागी हुनुपर्ने बताउनुभयो ।
भेलामा बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईले नेमकिपाले बहुमत जनताको हितका लागि अथक सङ्घर्ष गरिरहेको बताउनुभयो । भेलामा शिक्षक विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply