भर्खरै :

नेक्राकिसङ्घद्वारा प्रजिअलाई ज्ञापनपत्र

भक्तपुर, २४ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिले किसानहरूको समसामयिक समस्याको विषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख नारायणप्रसाद भट्टसमक्ष ज्ञापनपत्र बुझायो ।
प्रजिअलाई बुझाइएको ज्ञापनपत्र वाचन गर्दै नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नेपाल सरकारले मलमा दिइँदै आएको अनुदान नदिने निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो । उहाँले नेपालमा आयात हुने मल कमसल तथा गुणस्तरहीन हुने र मल आयातमा उच्चपदस्थ कर्मचारी र राजनैतिक नेताहरू नै कमिसनको खेलमा संलग्नता भएकोले छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले रु. ५० हजार लिएर हालसम्म घर बनाउन नसकेका भूकम्प पीडितको नाम हटाउने सरकारको निर्णय गलत भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले गुठी विधेयक सरकारले फिर्ता लिनु गलत भएको बताउँदै उक्त विधयेकमा जग्गा आधाआधा रैतानी गर्ने व्यवस्था किसानको हितमा भएको बताउनुभयो । ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा जिल्ला समितिका पञ्चलक्ष्मी दुवाल, बुद्धकेशरी माक, विक्रम वैद्य, भीमप्रसाद बास्तोलालगायतका किसानहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *