काठमाडौँ, २४ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीमा काठमाडौँमा विभिन्न प्रचारात्मक गतिविधि भइरहेका छन् । काठमाडौँ जिल्लाका विभिन्न नगरमा महाधिवेशनको पोस्टर टाँस्ने, व्यानर राख्ने र अपिल वितरणलगायतका गतिविधि भइरहेका छन् । चन्द्रागिरी, कीर्तिपुर, काठमाडौँ महानगर, टोखा, तार्केश्वरलगायतका विभिन्न नगरमा जनस्तरका भेलाहरू भइरहेका छन् । यसैबीच कीर्तिपुर नगरपालिकाको वडा नं ९ नयाँबजार, पाँगा दोबाटोमा राखेको प्रचार व्यानर चोरी भएको छ । राजनीतिक पूर्वाग्रह राखेर नै व्यानर चोरी भएको हुनुपर्ने नेमकिपा कीर्तिपुरले जनाएको छ ।

महाधिवेशनको तयारी भेला
भक्तपुर, २४ भदौ । नेमकिपा वडा नं. ७ भनसको आयोजनामा पार्टीको सातौँ महाधिवेशन, डेँगु रोग तथा समसामयिक विषयमा भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीको सर्वाेच्च निकाय नै महाधिवेशन हो भन्नुभयो । उहाँले युवा विद्यार्थीलाई कुलतमा फस्न नदिन जनवर्गीय सङ्गठनले गतिविधि गर्नुपर्ने, बालबालिकाहरूले अभिभावकको नक्कल गर्ने हुँदा अभिभावकहरू शिष्ट, सभ्य र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
स्थानीय कृष्णगोविन्द खाइजूले भक्तपुर क्यान्सर अस्पतालमा भएको अनियमितताबारे प्रकाश पार्दै बिरामीहरूलाई सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्न भक्तपुर नगरपालिकाले व्यवस्थापन समिति गठन गरेको तथा किसानहरूलाई सामाजिक, आर्थिक र सांस्कृतिकरूपमा उत्थानका लागि नेमकिपाले अह्म भूमिका खेलेको बताउनुभयो ।
वडा नं. ७ का वडा सदस्य हेरा ख्याजूको सभापतित्वमा सम्पन्न उक्त भेलामा रत्नेश्वरी चवाल, सुमित्रा राजचल, बद्रिराम छुस्याबाग र कृष्णराम वासीले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।

सूर्यविनायकमा शिक्षक भेला
भक्तपुर, २४ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन सफल पार्न नेक्राशिसङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शिक्षक भेला भएको छ । भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले पार्टीको सैद्धान्तिक विचारलाई जनतामाझ पु¥याउन शिक्षकहरूले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । नेपाललाई सिक्किमीकरणको बाटोमा लग्न भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीले योजनाबद्ध तरिकाले पाइला सार्दै आएकोले यसबारे नयाँ पुस्ता तथा विद्यार्थीहरूलाई सचेत र सजग गराउने दायित्व शिक्षकको रहेको उहाँले बताउनुभयो । नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले महाधिवेशन तयारीमा शिक्षकहरूको भूमिकाबारे प्रस्ट पार्नुभयो । कार्यक्रममा शिक्षक गणेशराम थुसा र रवीन्द्र थापाले पनि बोल्नुभएको थियो ।