भर्खरै :

चारखाल अड्डाको कन्तविजोग

भवन मर्मत गरिएको छैन । भत्काइएको पनि छैन । भग्नावशेष असरल्ल पारेर वातावरण प्रदूषित बनाइएको छ ।
१. फोटोमा कोठा नं १. जुन कोठाभित्र नापी महानिर्देशकका हैसियतमा पूरा ५ वर्ष बसेको थिएँ ।
२. कोठा नं २ . नापी योजना शाखा प्रमुख नापी अधिकृतको पदमा ४ वर्ष काम गरेको थिएँ ।
३. कोठा नं ३ . नापी योजना शाखा प्रमुख नापी अधिकृतकै पदमा ६ वर्ष बसेको थिएँ ।
४. कोठा नं २ र ३ मा एउटै टेबल र एउटै कुर्सीमा बसेर हजारौँ त नभनौँ तर पौने हजारजति टिप्पणी उठाएको थिएँ । त्यसमध्ये केहीं प्रधानमन्त्री तथा राजा महेन्द्र र वीरेन्द्रसम्म पनि पुग्थ्यो ।
५. ती कोठामा बसेर नापनक्सासम्बन्धी नवौँ र दसाँै योजना पनि कोरिएको थियो ।
६. हेर्नोस्, त्यही भवनको विजोग । यसमा मेरो संवेदनशील भावना जोडिएको छ ।
७. यस भवनले राणाको पालामा अहिलेको सिंहदरबार सचिवालयको काम गरेको इतिहास छ ।
८. यो भग्नावशेषलाई या त पाताल बनाउनुपर्यो या त नयाँ व्यापारिक एवम् कार्यालय कम्प्लेक्स बनाउनुपर्यो ।
९. सरकार सक्दैन भने निजी क्षेत्र तयार हुन्छ होला ।
–सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *