लन्डन, १० सेप्टेम्बर । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चुनावमा जाने अन्तिम मौका पनि मङ्गलबार गुमाएका छन् । बेलायती संसद अब पाँच सातासम्मको लागि स्थगन भएपछि प्रधानमन्त्रीसँग चुनावमा जाने अन्तिम मौका पनि गुमेको हो ।
प्रधानमन्त्रीकै निर्णयमा बेलायतको हाउस अफ कमन्स स्थगनअघि भएको अन्तिम बहसमा प्रधानमन्त्रीले सांसदहरूलाई अर्को महिना तय भएको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनलाई विलम्ब गर्न आफूले आग्रह नगर्ने बताएका थिए ।
खचाखच भरिएको संसद बैठकमा प्रधानमन्त्रीले निकै आक्रोशित मुद्रामा भनेका थिए, “यो देशका जनताले धेरै कुरा सामना गरिसकेका छन् ।”
आगामी मध्य अक्टोबरमा चुनाव गर्ने जोनसनको दोस्रो प्रयास अघिल्लो मङ्गलबार हाउस अफ कमन्समा विफल भएको थियो ।
कुल ६५० जना सांसद रहेको हाउस अफ कमन्समा दुईतिहाइ पु¥याउन ४ सयको समर्थन आवश्यक पर्छ । तर, प्रधानमन्त्रीको चुनावको पक्षमा २९३ मतमात्र छ । सांसदहरूलाई आफ्नो प्रस्तावको समर्थन गर्न आग्रह गर्दै प्रधानमन्त्री जोनसनले ब्रेक्सिटको गतिरोध तोड्न चुनाव नै अन्तिम उपाय भएको बताएका थिए ।
उनले आफू ब्रेक्सिट सम्झौता गर्न आगामी अक्टोबर १७ मा युरोपेली परिषद्को बैठकमा सहभागी बन्ने जानकारी दिए ।
“म ब्रसेल्स जान्छु र सकेसम्म सम्झौता गरेर, त्यसो नभए सम्झौता नगरेर पनि बहिर्गमनको लागि कुरा गर्छु । तर, पछाडि धकेल्ने विषयमा म कुरा गर्नेछैन”, उनले भने ।
जोनसनले ब्रेक्सिटको लागि सम्झौताको लागि आफ्नो सरकारले पहल गर्ने तर सम्झौता नभए पनि बहिर्गमनको लागि तयारी गर्ने बताए ।
प्रमुख विपक्षी दलका नेता जेरेमी कोरबीले संसदमा प्रधानमन्त्रीले हालै संसदबाट पारित भएको कानुनको पालना नगरेको युरोपेली युनियनसँग कुनै सम्झौता नभएको अवस्थामा सुरुमा सम्झौता गर्न आग्रह गर्नुभयो ।
कोरबीले आफू चुनावको पक्षमा रहेको र ‘अहिलेको गैरजिम्मेवार सरकारलाई विस्थापित गर्न’ चाहेको बताए ।
“हामी प्रधानमन्त्रीले बिछ्याएको जालमा फस्नेछैन”, कोरबीले भने ।
मतदानपछि संसद पाँच साताको लागि स्थगित गरियो । यति समय हाउस अफ कमन्सको स्थगत हुनु लामो समय मानिन्छ ।
अब संसदको अर्को बैठक अक्टोबर १४ अघि बस्ने छैन । रानी एलिजावेथ द्वितीयले त्यत्तिबेला संसदको नयाँअधिवेशन आरम्भ गर्नेछन् । जोनसन सरकारले संसद बन्द भएको अवस्थामा पनि युरोपेली सङ्घसँग बेलायतको बहिर्गमन तय गरिएको समत्न्दा अघि नै गर्ने विषयमा छलफल चालु रहने बताउनुभयो ।