भर्खरै :

मुगाबेको पार्थिव शरीर जिम्बाव्बेमा

हरारे, १२ सेप्टेम्बर । गत शुक्रबार सिङ्गापुरमा ९५ वर्षको उमेरमा निधन भएका जिम्बाव्बेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको पार्थिव शरीर बुधबार जिम्बाव्बे पु¥याइएको छ । उहाँको अन्तिम संस्कार आइतबार गरिने त्यहाँको सरकारले जनाएको छ ।
मुगाबेको पार्थिव शरीरसँग उहाँकी श्रीमती ग्रेस मुगाबे, उपराष्ट्रपति केम्बो मोहादी र अन्य उच्चपदस्थ सरकारी अधिकारी तथा परिवारका नजिकका आफन्त हुनुहुन्थ्यो । राष्ट्रपति इमरसन मानाङ्ग्वा, वरिष्ठ सरकारी अधिकारी र मुगाबेका जन्म घरका मुखियाहरू रोबर्ट ग्राबिएल मुगाबे अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।
साथै मुगाबेको निधनमा शोकाकूल हजारौं जिम्बाव्बेका जनता विमानस्थल पुगेका थिए । मुगाबेको पार्थिव शरीर राजधानी हरारेको एउटा फुटबल चौरमा बिहीबार र शुक्रबार दुई दिन उहाँप्रति शोक व्यक्त गर्न राखिने बताइएको छ । जिम्बाब्वे सरकारले मुगाबेलाई राष्ट्र नायक घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *