भर्खरै :

महाधिवेशनको तयारीमा युवा भेला

भक्तपुर, २६ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ–७ गोल्मढी एकाइ समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको प्रचारार्थ बुधबार वडास्तरीय युवा भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेमकिपाको सातौँ महाधिवेशन समाजवादी प्रचार अभियानकै सिलसिला भएको बताउनुभयो । उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेकोले यो सरकार कम्युनिस्ट नभएको बताउनुभयो ।
नेमकिपा वडा नं. ७ एकाइ समितिका अध्यक्ष बलराम गोसाईले सम्पूर्ण गरिखाने वर्गको साथ र सहयोगमा नेमकिपाले देश र जनताको पक्षमा सडकदेखि सदनसम्म सङ्घर्ष गरिरहेको जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ–७ गोल्मढी एकाइ समितिका अध्यक्ष भुवन गोसाईको सभापतित्वमा सम्पन्न भेलामा राकेश सुकुपायो, अनिल पं र कृष्णकुमारी महर्जनले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *