भर्खरै :

दक्षिण चीन सागरमा संरा अमेरिकी सैनिक पानीजहाज

न्यु योर्क, १३ सेप्टेम्बर । चीनको दक्षिण चीन सागरमा संरा अमेरिकाको एउटा सैनिक पानीजहाज प्रवेश गरेको संरा अमेरिकी सेनाले दाबी गरेको छ । संरा अमेरिकी सातौं जलसैनिक दफ्फाका प्रवक्ता कमान्डर रिन मोमसेनले वेन ईं मेयर नामको अमेरिकी पानीजहाजले चीनको भौगोलिक सार्वभौमिकतालाई चुनौती दिंदै सो क्षेत्रमा प्रवेश गरेको बताएकी छिन् । चीनको सो क्षेत्रमाथि भियतनामलगायतका देशहरूले पनि दाबी गर्दै आएका छन् ।
चीनको रक्षा तथा विदेश मन्त्रालयले संरा अमेरिकी सैनिक पानीजहाजको प्रवेशबारे तत्कालै केही प्रतिक्रिया जनाउन चाहेको छैन ।
चीनले दक्षिणी सागरलाई आफ्नो क्षेत्र भएको प्रस्ट पार्दै अनेकन ऐतिहासिक तथ्य र प्रमाण प्रस्तुत गर्दै आएको छ ।
तर, चीनलाई घेर्ने नीतिअन्तर्गत संरा अमेरिकाले सो क्षेत्रलाई किचलोको क्षेत्र बनाउन खोजिरहेको छ । सो क्षेत्रमा यसरी हस्तक्षेप गरेर चीनलाई युद्धमा तान्ने प्रयास संरा अमेरिकाले गर्दै आएको छ । दक्षिणी चीन सागरमा हुनसक्ने सम्भावित द्वन्द्वले पूर्वी एसियामा ठूलो क्षति पुग्नेमा सो क्षेत्रका देशहरू सजग छन् । संरा अमेरिकाले सो क्षेत्रको देशलाई चीनको पक्षमा जान नदिन हरेक कोसिस गरिरहेको छ । तर, पूर्वी एसियाली देशहरू एकपछि अर्को गर्दै चीनसँग मैत्री सम्बन्ध विस्तारको पक्षमा छन् । v

Leave a Reply

Your email address will not be published. Required fields are marked *