भर्खरै :

सीमा नियमित गरेरमात्र नागरिकता समस्या समाधान सम्भव

भक्तपुर, २७ भदौ । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनको तयारीस्वरुप नेपाल क्रान्तिकारी महिला सङ्घले शुक्रबार उपत्यकास्तरीय महिला भेलाको आयोजना ग¥यो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाले किसानहरूको मोहियानी हकको सुरक्षा, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलनसँगै देशको सार्वभौमिकता रक्षाको लागि सशक्त भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्नुभयो ।
भारतीय विस्तारवादले सुस्ता अतिक्रमण गर्दा देशको रक्षाको लागि बोल्ने र आन्दोलन गर्ने पहिलो पार्टी नेमकिपा रहेको बताउँदै उहाँले भारतीय नाकाबन्दीको विरुद्धमा एक्लैले सदन र सडकमा सङ्घर्ष गरेको उल्लेख गर्नुभयो ।
सचिव सुवालले भारतका प्रधानमन्त्रीले भारतीय जनतालाई झूटमा अलमल्याइरहेको बताउँदै नेपालका प्रधानमन्त्री ओली र नेकपाले आफूलाई कम्युनिस्ट दाबी गर्दै नेपाली जनतालाई झुक्याइरहेको स्पष्ट गर्नुभयो ।
देशको सिमाना नियमित गरेरमात्र नागरिकता समस्या समाधानबारे छलफल गर्नु उपयुक्त हुने विचार राख्दै उहाँले भन्नुभयो, “विदेशीलाई सजिलै नागरिकता वितरण गर्दा देश सिक्किम बन्नसक्छ ।”
नेमकिपा भ्रष्टाचारविरुद्धको जगमा उभिएको पार्टी भएको चर्चा गर्दै उहाँले अहिले पनि पुँजीवादी सरकार र शासक दलले गरेको भ्रष्टाचारको विरोध गर्दै जनतालाई पुँजीवादी व्यवस्थाको विरोधमा सचेत बनाउने काममा लागिरहेको स्पष्ट पार्नुभयो ।
पार्टीको सातौँ महाधिवेशनबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपाको महाधिवेशनमा सहभागी बन्नु सत्यको पक्षमा उभिनु हो ।”
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले नेमकिपाको सातौँ महाधिवेशन जनताको आन्दोलनको सिलसिला तथा वर्गसङ्घर्षको सृङ्खला भएको स्पष्ट पार्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलमा देखापरेको संशोधनवाद र अराजकतावादको विरोधमा नेमकिपाले लामो सङ्घर्ष गरेको चर्चा गर्दै उहाँले भारतीय विस्तारवाद र एकाधिकार पुँजीविरूद्ध देशभक्त नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।
सातौँ महाधिवेशन तयारी समितिअन्तर्गत महिला परिचालक समितिका सदस्य कमलमैँया सुवालले कामदार वर्गका महिलालाई राजनीतिकरुपले सचेत र सङ्गठित बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले महाधिवेशनको उद्घाटन ¥यालीलाई भव्य र सभ्य बनाउन महिला स्वयम्सेवकहरूको भूमिका स्पष्ट पानुृभयो ।
नर्सिङ समाजका अध्यक्ष देविका दनेखूले डेँगु रोग र महाधिवेशनमा स्वास्थ्य स्वयम्सेविकाको भूमिकाबारे प्रस्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष अनुराधा थापामगरको अध्यक्षतामा सम्पन्न उक्त भेलामा सङ्घका कान्ति अवा र सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *