तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ भदौ । “बन्दुक बोक्दैमा कोही कम्युनिस्ट हुन्छ भन्ने होइन । नेपालमा बन्दुक बोक्नेहरूले हिन्दुस्तानको सेवा गर्दै आएकोले नेपालको सार्वभौमिकता धरापमा पर्दै गएको हो । युवाहरूले आलोचनात्मक दृष्टिले हेर्नु जरुरी छ ।” उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सातौँ महाधिवेशन स्वयम्सेवक परिचालन समितिद्वारा शनिबार आयोजित बृहत् स्वयम्सेवक भेलामा व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “पार्टीका कार्यकर्ताहरूले माक्र्सवादको पक्षमा उभेर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ । सैद्धान्तिकरूपले कार्यकर्ताहरू स्पष्ट नभएसम्म समाजवादी संस्कारको विकास हुन्न ।”
“असल कार्यकर्ता र उनका छोराछोरीलाई बिगार्न प्रतिक्रियावादीहरू निरन्तर लाग्ने र अनेक लोभलालचमा कार्यकर्तालाई फसाउन सक्ने भएकोले यसतर्फ गम्भीर भएर लाग्नु जरुरी छ ।” अध्यक्ष बिजुक्छेले भन्नुभयो ।
विदेशी राजदूतहरूको गतिविधिलाई सरकारले सूक्ष्मरूपले अध्ययन गर्न नसकेको कारण विभिन्न समस्या निम्तिएकोतर्फ राजनीतिक कार्यकर्ताहरू सचेत बन्नु जरुरी रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
एमाले र माओवादी मिलेर बनेको नेकपाले हिजो पञ्चहरू र नेपाली काङ्ग्रेसले गरेजस्तै जनतालाई झुक्याइरहेको उल्लेख गर्दै उहाँले यस्ता संशोधनवादी पार्टीलाई जनताले बेलैमा पहिचान गर्नुपर्ने बताउनुभयो ।
सोभियत सङ्घलाई लडाइँमा जित्न नसकेपछि साम्राज्यवादी र पुँजीवादीहरूले सोभियत कम्युनिस्ट पार्टीभित्र छिरेर कार्यकर्ताहरूलाई भ्रष्ट बनाएको र अन्ततः सोभियत सङ्घलाई पुँजीवादतर्फ फर्काइएको स्पष्ट पार्दै उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनलाई अघि बढ्न नदिन नेकपा क्रियाशील रहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा बैङ्क तथा वित्तीय संस्थाहरू पुँजीपति वर्गको स्नायुकेन्द्रजस्तै हुने चर्चा गर्दै अध्यक्ष रोहितले कम्युनिस्ट सरकारले यस्ता क्षेत्रहरू राज्यको मातहतमा राख्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन राजनीतिक कक्षाको रूपमा अघि बढ्ने राजनीतिक अभियान रहेको उल्लेख गर्दै कार्यकर्ताहरूले अनुशासित भएर समाजवादी प्रचार अभियानलाई जनताको बीचमा लानुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी किसान आन्दोलनको जगमा उठेको चर्चा गर्दै कामदार वर्गलाई राजनैतिकरूपले उठाउन यो महाधिवेशन सफल हुने विचार व्यक्त गर्दै देशको सार्वभौमिकताको बारेमा पनि महाधिवेशनमा छलफल हुने उहाँले स्पष्ट पार्नुभयो ।
सरकार नागरिकता विधेयक पास गरेर देशलाई सिक्किमीकरण गर्ने षड्यन्त्रतर्फ लागेको बताउँदै उहाँले सचेत नेपालीले त्यसको विरोध गर्नु जरुरी रहेको बताउनुभयो ।
संरा अमेरिकाले नेपाललाई ५६ अर्ब सहयोग गर्ने नाउँमा चीनबाट भागेर नेपाल आएका तिब्बतीहरूलाई चीन फर्काउन नहुने र प्रजग कोरियामाथि लगाएको नाकाबन्दीको समर्थन गर्नुपर्ने दुई वटा सर्त नेपालको आन्तरिक मामिलामा हस्तक्षेप रहेकोले त्यसको नेपाल मजदुर किसान पार्टीले विरोध गरेको प्रस्ट पार्नुभयो ।
उहाँले आफ्नो देशको सार्वभौमिकताको लागि कुनै पनि सैन्य गठबन्धनमा लाग्न नहुने स्पष्ट पार्दै अमेरिकाद्वारा बिछ्याइएको इन्डोप्यासिफिक सैन्य गठबन्धनको जालोमा नेपाल पर्न नहुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् स्वयम्सेवक परिचालन समितिका संयोजक उकेश कवांले महाधिवेशन ¥यालीमा ५ वटा स्वास्थ्य समूह रहने, मोबाइल शौचालयको बन्दोबस्त, ¥याली व्यवस्थापनको लागि हजारौँ स्वयम्सेवकहरू परिचालित हुने जानकारी दिनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवाल, नेक्रायुसङ्घ काठमाडौँका अध्यक्ष शोभालाल श्रेष्ठ, नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटा, गणेश त्यात, रामकृष्ण प्रजापति, रत्ना चवाललगायतले स्वयम्सेवकको भूमिकाबारे बोल्नुभएको थियो ।
Leave a Reply