भर्खरै :

७० वर्षको जनवादी गणतन्त्र चीन

पेइचिङ, १४ नोेभेम्बर । सन् १९४९ को मार्च २३ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजधानी पेइचिङ जान हपेई प्रान्तको सिपाएपोबाट हिँड्यो । पेइचिङको लागि हिँड्नुअघि चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले भन्नुभएको थियो, “आज हामी परीक्षा दिन राजधानी पस्दैछौँ ।”
माओको अर्थ एउटा क्रान्तिकारी पार्टीको हिसाबमा चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा सफलतापूर्वक शासन चलाउन सक्छ वा सक्दैन भन्ने थियो ।
सिपाएपोबाट पेइचिङ पुगेपछि कम्युनिस्ट पार्टी केन्द्रीय समितिले दुई वर्ष पेइचिङ सहरको बाहिर अवस्थित फ्रागरेन्ट हिल्समा आफ्नो कार्यालय चलाएको थियो । त्यो घटना भएको सत्तरी वर्ष बित्यो । चीनका राष्ट्रपति सी चिनफिङले हालै सो क्रान्तिकारी स्मारक क्षेत्रको भ्रमण गर्नुभयो ।
जनवादी गणतन्त्र चीनको ७० औँ स्थापना दिवसको अवसरमा इतिहासको यो अध्यायको स्मरण गर्नु सान्दर्भिक थियो ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र चीनको केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका सीले दुई शताब्दी लक्ष्य र राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना पूरा गर्न सिङ्गो पार्टी र देशलाई आह्वान गर्नुभयो । उहाँले नयाँ युगको परीक्षामा सामेल हुन सम्पूर्ण चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यलाई आह्वान गर्नुभयो ।
बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थामा चीनको पुनःजागरण यात्रामा अझ धेरै चुनौती थपिएका छन् । तथापि चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू तीन क्रान्तिकारी भावनाबाट सिकेर कुनै पनि प्रतिकूलता सामना गर्न र ठूलो सङ्घर्षमा होमिन तयार भएका छन् ।
पहिलो क्रान्तिकारी भावना भनेको प्रतिकूलता र चुनौतीलाई पराजित गर्दै अन्तिम दमसम्म सङ्घर्षमा होमिने भावना हो ।
दोस्रो भावना भनेको जनताको हितमा सबैलाई फाइदा पुग्ने काम गर्ने र जनताकै हितमा शक्तिको प्रयोग गर्नु हो ।
तेस्रो भावना भनेको सद्भाव र समझदारीमा साथ बिना कुनै आक्रामकता र अपरिपक्वता कडा मिहिनेतका साथ सादा जीवन बिताउनु हो ।
क्रान्तिकारी भावनाबाट अभिप्रेरित बनेर चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ जनतासँग निकटको सम्बन्ध कायम राख्न मिहिनेत गर्नुपर्छ । जनताको भित्री मनदेखिको समर्थन जित्न सक्नुपर्छ र उत्तम जीवनको जनचाहना पूरा गर्न काम गर्नुपर्छ ।
बितेका ७० वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले निकै मिहिनेतका साथ नयाँ चीन स्थापना गरेको छ । चीनको राष्ट्रिय पुनःजागरणको आगामी बाटो अझ उज्यालो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *