भर्खरै :

किपाःग्राफीको चौथो वार्षिकोत्सवमा श्रेष्ठ सम्मानित

भक्तपुर, २८ भदौ । भक्तपुरका युवा फोटोग्राफरहरूको सङ्गठन किपाःग्राफी भक्तपुरको चौथो वार्षिक कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा प्रदेश नं.३ का सांसद सुरेन्द्रराज गोसाईले वरिष्ठ फोटोग्राफर एवम् सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । किपाःग्राफी भक्तपुरले विगत तीन वर्षदेखि वरिष्ठ फोटोग्राफरहरूलाई सम्मानित गर्ने गर्दै आएको छ । श्रेष्ठलाई सांसद गोसाईले फोटोग्राफी गौरव सम्मान २०७६ प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सांसद गोसाईले अहिलेको समाजमा फोटोग्राफीको ज्ञान सिक्नु अति आवश्यक भएको र फोटोग्राफरहरूले फोटोको गुणस्तरलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सम्मानित वरिष्ठ फोटोग्राफर एवम् सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठले हरेक व्यक्तिले एउटा निश्चित काममा मात्र लगनशील भएर लागे एक दिन अवश्य सफल हुने अनुभव सुनाउनुभयो ।
सम्मानबाट फोटोग्राफरलाई उत्साह थपिने श्रेष्ठको भनाइ थियो उहाँले अबका फोटोग्राफरहरूले समय समयमा हालका नयाँ नयाँ प्रविधिहरूसँग आफूलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडाँै फोटोग्राफर सङ्घका अध्यक्ष मोती बोगटी, नेपाल पर्यटन विकास व्यवसाय सङ्घका अध्यक्ष निराजन तिवारी, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, किपाःग्राफी भक्तपुरका सल्लाहकार एवम् भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
किपाःग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा सचिव सुदिप सुवालले पनि बोल्नुभएको थियो ।
आउँदो कार्तिक १ गतेदेखि चीनमा हुने विश्व फोटोग्राफी सम्मेलनमा किपाःग्राफीका अध्यक्ष प्रजापतिको नेतृत्वमा ६ सदस्यीय फोटोग्राफर टोली चीन प्रस्थान गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *