के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
(६ अप्रिल, २०१७ दमासकस, सिरियाली राष्ट्रपति बशार अल अस्सदले क्रोएसियाको समाचारपत्र भसेन्र्जी लिस्ट का पत्रकारलाई बिहीबार दिनुभएको अन्तर्वार्ताको पूर्ण पाठ प्रकाशित गरिएको छ – सिरियाली अरब समाचार संस्था – एसएएनए)
‘पश्चिमा साम्राज्यवादी देशहरू सिरियाविरुद्ध युद्ध गरिरहेका छन्’
पत्रकारः राष्ट्रपति महोदय, हामी सिरियाली युद्धको छैठौं वर्षमा हिंडिरहेका छौं । सिरियाली सेनाले हालै अलेप्पो र पाल्मिरामा हासिल गरेको विजय र चालू वार्ता प्रक्रियाको आधारमा सिरियाली युद्ध अन्त्य हुने कुनै आशाको किरण देख्नुभएको छ ?
राष्ट्रपति अस्सद ः निश्चय नै । किनभने आशा नभइकन कुनै देश, जनता र राज्यले सहयोग गरेको क्षेत्रीय र पश्चिमा देशहरूले चलाइरहेकोे अत्यन्त अत्याचारपूर्ण युद्ध ६ वर्षसम्म प्रतिरोध गरेर बस्न सक्दैन । आशा नभएको भए कुनै इच्छा–आकाङ्क्षा पनि बाँकी रहँदैनथ्यो । तर प्र्रश्न यो छ कि ती आशालाई कसरी यथार्थमा बदल्न सकिन्छ ? यो कुरा दुई वटा व्यावहारिक विधिबाट सम्भव रहेको छ । पहिलो, आतङ्कवादविरुद्धको लडाइँ, ती आतङ्ककावादी संगठन, चाहे विभिन्न नाम, किसिम र सम्बन्धनका किन नहोस् । दोस्रो वार्ताद्वारा सहमतिमा पुग्नु, हतियार बिसाएर सबैजना सामान्य जीवनमा फर्कनु र आफ्नो देशलाई अङ्गाल्नु । आतङ्कवादविरुद्धको लडाइँ र सहमति प्राप्ति दुवै मोर्चामा प्रगति भइरहेको छ । त्यसैले विगतका वर्षहरूमा भन्दा अहिले बढी आशा देखिएको छ ।
पत्रकारः पहिले अस्टाना र पछि जेनेभामा भएका दुवै वार्ताहरूमा अधिकांश विपक्षी वार्ताकारहरू वहावी ९ध्बजजबदष्० सलाफी र जिहादी विचारधाराकाहरू छन् । यस्ता मानिसहरूसितको वार्तालाई तपाईं किन प्राथमिकता दिंदै हुनुहुन्छ ? के पश्चिमा सञ्चारमाध्यमले बयान गरेझैं कोही मध्यमार्गी विपक्षीहरू छन् ?
राष्ट्रपति अस्सदः यो अत्यन्त महत्वपूर्ण प्रश्न सोध्नुभयो । पश्चिमा अधिकारीहरूले अझ किटानै गरेर भन्ने हो भने पूर्व अमेरिकी राष्ट्रपति ओबामाले मध्यमार्गी विपक्षी एउटा भ्रम वा स्वैरकल्पनामात्र भएको बताएका थिए । उनीहरूकै स्वीकारोक्तिका आधारमा भन्नुपर्दा उनीहरूले समर्थन गरेका कट्टरपन्थी वा जिहादीहरूलाई मध्यमार्गीको झूटो मुकुण्डोमात्र लगाइदिएका हुन् । त्यसैले मध्यमार्गी विपक्षी भनेका छँदै छैनन् । जिहादी विपक्षीका रुपमा रहेका विपक्षीहरूले जिहादलाई गलत अर्थमा प्रयोग गरिरहेका छन् । उनीहरूले अत्यन्त गलत विचार हुर्काइरहेका छन् । जुन विचारले वार्ताबाट समस्या समाधान गर्ने कहिल्यै सोच्दैन । उनीहरू आतङ्कवादको माध्यमले नै लक्ष्यमा पुग्ने दुष्प्रयास गर्दैछन् । त्यसैकारण, व्यवहारिक रुपमा हामी ती विपक्षीसँग वास्तविक परिणाममा पुग्न नसकेका हौं । उदाहरणको लागि अस्टाना वार्ता भइरहेको समयमा तिनीहरूले दमासकस, हाना र देशको अन्य भागमा आक्रमण गरे र आतङ्ककारी बम हमलाको माध्यमले सयौं निर्दाेष जनताको ज्यान लिए । यी विपक्षी भनिएकाहरूलाई वास्तवमै विपक्षी भन्न सकिंदैन । ती आतङ्ककारीहरू विपक्षी बन्नै सक्दैनन् र तिनीहरूले समाधान निकाल्नको लागि केही योगदान गर्ने सक्दैनन् । तयसबाहेक ती अतङ्ककारी समूहहरूले आफैलाई विदेशीहरूको एजेण्डाहरूसित गाँसेका छन् । तिनीहरू कुनै निश्चित विचारधारा वा सिरियाली जनतामाझको कुनै आन्दोलनसित जोडिएका छैनन् । तिनीहरूले कुनै राजनीतिक सुधार वा कुनै निश्चित समाधान न पहिले कहिल्यै खोजेका थिए न युद्धको अवधिमा नै खोजे । ती आतङ्ककारी समूहका अर्काे एक पक्षले हतियार नबोकेकै आधारमा आफूलाई राजनीतिक देखाउन खोज्दछन् तर तिनीहरू आतङ्कवादको समर्थन गर्दछन् । तेस्रो पक्ष साउदी, टर्की र पश्चिमाहरूका एजेण्डासित जोडिएका छन् ।

पत्रकार ः त्यसो भए तपाईं तिनीहरूसित किन वार्ता गर्दै हुनुहुन्छ त ?
राष्ट्रपति अस्सद ः हामी वार्ता गरिरहेका छौं किनभने सुरुमा धेरै मानिसहरू ती समूहहरू हतियार बिसाउन र राजनीतिक समाधान खोज्न तयार छैनन् भन्ने सत्य पत्याउँदैनथे । ती आतङ्ककारी समूहहरू राजनीतिमा संलग्न छैनन् र राजनीतिक समाधान खोज्न चाहँदैनन् भनी साबित गर्नको निम्ति नै हामीले वार्ता गर्नुप¥यो । ती आतङ्काकारी समूहको हृदयमा आतङ्ककारी विचारैमात्र रह्यो र अन्तिमसम्म पनि तिनीहरू त्यस्तै रहनेछन् ।
पत्रकार ः विश्वले नै आतड्ढवादविरुद्ध युद्ध घोषणा गरिसक्यो । त्यो घोषणा र पश्चिमा देशहरूले अहिले गरिरहेको व्यवहारमा तपाईं मेल देख्नुहुन्छ ? के अहिले सिरियाले मात्र आतड्ढवादको विरुद्धमा लडाइँ गरिरहेको भन्न सक्छौं ?
राष्ट्रपति अस्सद ः विश्वले आतड्ढवादविरुद्ध युद्ध घोषणा गरे पनि व्यवहारमा पश्चिमा देशहरूले आतड्ढवादलाई नै समर्थन गरिरहेका छन् । विश्वका बहुमत देशहरू आतड्ढवादको विरुद्धमा छन् । ती देशहरूले देखिने गरी आतड्ढवादविरुद्ध युद्ध घोषणा गरेका छैनन । तर व्यवहारमा तिनीहरू आतड्ढवादविरुद्धको हाम्रो लडाइँमा सहयोग पु¥याइरहेका छन् । आतड्ढवादविरुद्ध सिरियामात्र लडिरहेको भन्न मिल्दैन किनभने आतड्ढवाद सिरियामामात्र सीमित छैन । आतड्ढवाद विश्वभर नै सधैं नै सधैं रहँदै आएको छ । मध्यपूर्वमा भएका विभिन्न अन्यायपूर्ण हमला र युद्धको परिणामस्वरुप आतड्ढवाद अहिले व्यापक भएको हो । तर पश्चिमा देशहरूले आतड्ढवादविरुद्ध युद्ध घोषणा गरे पनि तिनीहरू अहिले पनि आतड्ढवादलाई साथ–समर्थन दिइरहेकै छन् । तिनीहरू त्यसको विरुद्ध लडिररहेका छैनन् । तिनीहरू आन्तरिक र बाह्य परिस्थितिको भिन्नताको नाममा त्यसको उपयोग गर्छन् । वास्तवमा तिनीहरू आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नको निम्ति आतड्ढवादलाई एउटा कार्डको रुपमा प्रयोग गर्छन् । कहिलेकाहीं त्यही आतड्ढवादले तिनीहरूमाथि फर्केर हमला गर्छ र पीडित बनाउँछ । तर तिनीहरूले यो तथ्यलाई बुझ्न चाहेका छैनन् । जहाँसम्म सिरियामा आतड्ढवादसित को लडिरहेको छ भन्ने प्रश्न छ – त्यसको जवाफ हो आधारभूत रुपमा सिरियाली अरब सेना । यो दावीमात्र होइन आधारभूत तथ्यहरूले यसलाई सावित गर्छ । सिरियाली अरब सेनाले जनताका मिलिसिया र जनताको समर्थनले गर्दा आतड्ढवादविरुद्ध सफल लडाईँ लड्न सकिरहेको हो । यति भन्दाभन्दै पनि हाम्रा मित्रहरू इरान, रसिया र लेबनानका हेजबोल्लाहलगायतको निकै बलियो साथ र समर्थन पनि यसमा कम महत्वपूर्ण भन्न सकिंदैन ।
पत्रकारः के सिरियाली सेनाले सिरियाका सबै सम्प्रदायु, जातजाति तथा अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्छ ?
राष्ट्रपति अस्सदः निश्चय नै सिरियाली अरब सेना स्वयम् नै त्यसको प्रमाण हो । सिरियाली जनताको केही भागको मात्र प्रतिनिधित्व गर्ने सेनाले सिरिया भर युद्ध जित्नै सक्दैन । यो आफैमा एउटा प्रमाण हो, चाहे पश्चिमा सञ्चारमाध्यमले जस्तै चित्रण किन नगरोस् । युद्धको सुरुमा आतङ्कवादीहरू र पश्चिमा सञ्चारमाध्यमले नै सिरियाको युद्धलाई सम्प्रदायहरूबीचको युद्धको रुपमा चित्रण गरे । पश्चिमा जनसमुदायमा यही प्रभाव व्यापक भयो । तर यो वास्तविकता होइन । त्यस्तै भएको भए त युद्धको एक महनिाभित्रै सिरिया विखण्डन भइसक्थ्यो । एकताबद्ध जनताका साथ ६ वर्षसम्म आतङ्कवादी युद्धको प्रतिकार गरिरहन सक्दैनथ्यो । यो सत्य हो कि आतङ्कवादीहरूले केही क्षेत्र आफ्नो नियन्त्रणमा राखे तर सिरियाली सेनाको नियन्त्रणमा रहेको भू–भागमा सबै जात र वर्गका जनताको बसोबास समान तवरले रहेको छ । अझ महत्वपूर्ण कुरा त ती आतङ्ककारीहरूका परिवारहरू समेत आतङ्ककारी नियन्त्रित इलाकाबाट राज्य नियन्त्रित इलाकामा भागेर आएका छन् । यदि सिरियाली सेना र सिरियाली सरकारले सबै सिरियाली जनताको प्रतिनिधित्व नगर्ने भएको भए ती घटना सम्भव नै हुने थिएन ।
पत्रकारः राष्ट्रपति महोदय, यदि सिरियाली सरकार र युरोपेली राष्ट्रहरूबीच सुरक्षा सरसहयोग रहेको भए हालै फ्रान्स, बेल्जियम आदि देशमा भएका आतङ्ककारी हमला किन रोक्न सकिएन ? मैले प्रश्न किन सोधें भने पेरिसको आतङ्ककारी हमलापछि फ्रान्सेली गुप्तचर विभागका पूर्व प्रमुखले तपाईले फ्रान्सलाई आतङ्ककारीहरूको पहिचान र दस्तावेज उपलब्ध गराउन खोजेको र उनीहरूले त्यसलाई अस्वीकार गरेको बताएका थिए । के तिनीहरूले साँच्चिकै अस्वीकार गरेका थिए ? आतङ्ककारी हमला रोक्नका निम्ति विगतमा सुरक्षा सरसहयोग थियो ?
राष्ट्रपति अस्सदः उहाँले सायद युद्ध पूर्वको सहयोगबारे भन्नुभएको हुनुपर्छ । किनभने युद्ध सुरु भइसकेपछि फ्रान्सेली सरकारले आतङ्ककारी समूहहरूको समर्थन गरिसकेपछि सिरियाले ती देशहरूसित सुरक्षा सरसहयोग बन्द ग¥यो । सुरक्षा सहयोग र राजनीतिक शत्रुता एकैसमय रहन सक्दैन । सुरक्षा क्षेत्रलगायत अन्य क्षेत्रमा सरसहयोगका निम्ति राजनीतिक सहमति हुनैपर्छ ।
जहाँसम्म युरोपमा आतङ्ककारी हमलाहरू रोक्न सकिने प्रसङ्ग छ, सुरक्षा सरसहयोेग कायम भएको र सम्बन्ध सामान्य मात्र पनि रहेको अवस्थामा त्यो सम्भव हुन्थ्यो । तर अहिलेको जस्तो स्थितिमा युरोप र युरोपेली देशहरूसित, जुन देशहरूले प्रत्यक्ष र परोक्ष रुपमा आतङ्कवादको समर्थन गर्छन्, ठूलो मात्रामा बन्दोबस्तीका सामान, हातहतियार, पैसा र राजनीतिक मुकुण्डो र सबैथोक आतङ्ककारीहरूलाई सहयोग गर्छन्, ती देशसित सामान्य सम्बन्ध सम्भवै छैन । यस्तो अवस्थामा आतङ्ककारीहरूबारेका दसौं हजार सूचनाहरू भए पनि ती महत्वहीन हुन पुग्छन् । सुरक्षा सरसहयोग सम्झौता कायमै रहे पनि ती प्रभावहीन बन्नपुग्छन् ।
यदि युरोप आफूलाई आतङ्ककारी हमलाहरूबाट सुरक्षित राख्न चाहन्छ भने त्यसले पहिले सिरियालगायत विभिन्न देशका आतङ्ककारीहरूलाई मद्दत गर्न रोक्नुपर्छ । यस्तो परिवेशमा हामीले तिनीहरूलाई सहयोग गर्नै चाहेपनि त्यसले अपेक्षित परिणाम हासिल हुनसक्दैन । तिनीहरूले आतङ्कवादको समर्थन गरेसम्म हामी सहयोग गर्नेछैनौं । तिनीहरूले आतङ्ककारीहरूलाई समर्थन गर्न छोड्नुपर्छ ।
पत्रकार ः राष्ट्रपति महोदय, म क्रोएसियातिर फर्कन चाहन्छु । २००९ मा तपाई क्रोएसियाको राजधानी जाग्रेवको भ्रमण गर्नुभयो र क्रोएसियाली अधिकारीहरूसित भेट्नुभयो । त्यतिबेला, व्यक्त गर्नुभएको वाक्य मैले पढेको थिए– महामहिमले क्रोएसियाली जनता सिरियाली जनताका दाजुभाइ हुन् । के तपाई आज पनि क्रोएसियाली जनतालाई सिरियाको मित्र मान्नुहुन्छ ? विशेष गरी क्रोएसियाले घातक हतियार वासिङ्टनलाई बेचेको र त्यसपछि साउदी अरेबिया र जोर्डनलाई बेचेको र प्रकारात्तरले ती नै हतियार सिरियाका आतङ्ककारीहरूको हातमा पुगेको खुलासा पछि पनि ?
राष्ट्रपति अस्सदः निश्चय नै क्रोएसियाली जनता सिरियाली जनतका मित्र हुन् र हाम्रो मित्रवत सम्बन्ध दसकौं पुरानो छ । हामी पुस्तौं पुस्तादेखिको सम्बन्धको कुरा गरिरहेका छौं । जुन आज पनि कायम छ । हामी क्रोएसियाली सरकारले गरेका भूलहरूका निम्ति क्रोएसियाली जनतालाई दोषी मान्दैनौं । अझ महत्वपूर्ण कुरा त यदि तपाईले क्रोएसियामा सिरियासितको सम्बन्धको बारेमा जनमत सर्वेक्षण गर्ने हो भने युरोपका अन्य देशहरूको तुलनामा भिन्न पाउनुहुन्छ । सिरियामा के भइरहेको छ भन्ने कुरा क्रोएसियाली जनता राम्ररी अवगत छन् । के यसले हाम्रो सम्बन्ध र मित्रता आदर्श भएको देखाउँदैन र ?
त्यसैले म के जोड दिएर भन्छु भने क्रोएसियाको हतियारहरू आतङ्ककारीहरूको हातमा पुग्नु पूर्वक्रोएसियाली सरकारको “उपलब्धि” थियो । सायद त्यसमा वित्तीय फाइदा हुनसक्छ राजनीतिक फाइदा भएको वा ठूला पश्चिमा शतिmहरूको दबाबका कारणले मात्र पनि त्यसो भएको हुनसक्छ । तर जे होस्, क्रोएसियाली सरकारले पेट्रो डलर प्राप्त गर्नका निम्ति वा तत्कालीन सरकारका अधिकारीहरूको साँघुरो स्वार्थ पूरा गर्नका निम्ति क्रोएसियाली जनताको हित, सिद्धान्त र भावनालाई बेच्ने काम भयो ।
पत्रकार ः दुई देशबीच पुनः राजनीतिक र कूटनैतिक सम्बन्ध अझ आर्थिक सम्बन्ध पुनः स्थापना गर्न सम्भव छ ? क्रोएसियाको धेरै हित सिरियासित सम्बन्धित छन् ।
राष्ट्रपति अस्सदः निश्चित रुपमा पुनःस्थापना सम्भव छ । तर त्यो क्रोएसियाको वर्तमान सरकारको राजनीतिक दिशामा भर पर्छ । यदि त्यहाँ नीतिगत भूल, विशेषगरी पूर्ववर्ती सरकारले गरेको भूललाई भावी सरकारले वा वर्तमान सरकारले सभ्याउने प्रयास गर्छ भने सम्बन्ध पुनः स्थापना ज्यादै सहज छ ।
हामीले क्रोएसियालगायत युरोपेली देशका सरकारहरूसित पहिले आफ्नै देशका जनताको हित हेर्न, दोस्रोमा अन्तर्राष्ट्रिय कानुनबारे सोच्न अनुरोध गरेका छांै । हामी सबैलाई थाहा छ अन्तर्राष्ट्रिय कानुन मूलतःअरु देशको सार्वभौमिकताको सम्मान र तिनीहरूको आन्तरिक मामिलामा अहस्तक्षेपको मान्यतामा आधारित हुन्छ । हामी आजसम्मको इतिहासमा, सिरिया र क्रोएसियाबीचको सम्बन्ध सुरु भएदेखि र त्यसभन्दा पहिले पूर्व युगोस्लाभिया रहँदा पनि ती देशविरुद्ध कहिल्यै शत्रुतापूर्ण कार्य गरेका छैनौं । हामीले तिनीहरूलाई सधैं नै मित्र मान्दैआएका छौं । सिरियाका आतङ्ककारीहरूलाई खतरनाक हतियार पठाएर निर्दाेष सिरियाली जनताको हत्या भएकोमा क्रोेएसियाली सरकारको तर्क के छ त ? मलाई लाग्छ त्यसका निम्ति कुनै तर्क हुने छैन । र, हामी आशा गर्छाैं कि वर्तमान क्रोएसियाली सरकारले त्यस कार्यलाई निरन्तरता दिने छैन ।
पत्रकार ः सिरियाको जिहादी वा आतङ्ककारी समूहमा बाल्कन देशहरूबाट ठूलो सङ्ख्यामा जिहादी वा आतङ्ककारीहरू आएका छन् । तिनीहरूको सङ्ख्याबारे तपाईसित कुनै सूचना छ ?
राष्ट्रपति अस्सद ः त्यसबारे यकीन सूचना प्राप्त छैन किनभने अपराधी इर्डाेगनले नेतृत्व गरेको हाम्रो छिमेकी देश टर्कीले सिरियामा आतङ्ककारीहरूको शक्ति र सङ्ख्या बढाउन अत्यावश्यक सबैखाले स्थिति निर्माण गरिरहेको छ । टर्कीले हामीलाई सिमाना राम्ररी नियन्त्रण गर्न दिइरहेको छैन र परिणतिस्वरुप टर्की भएर सिरिया भित्रने र सिरियाबाट बाहिरिने आतङ्ककारीहरूको सङ्ख्या यकिन हुन सकेको छैन । तर ती आतङ्ककारीहरूको राष्ट्रियता के हो भन्ने कुनै मुद्दा नै होइन । किनभने आतङ्ककारीहरूले पूरै विश्वलाई एउटै मैदानका रुपमा लिने गरेका छन् । तिनीहरूले न कुनै राष्ट्रियताको आयाम र न त राजनीतिक सिमानाकै मतलब गर्छन् । त्यसैले तपाईको देशप्रति वा समग्र युरोपप्रतिको आतङ्ककारी खतरा युरोपेली भू–भागबाट मात्र आउँछ भन्ने होइन । यो सत्य हो कि युरोपेली आतङ्ककारीहरू बढी खतरनाक छन् किनभने तिनीहरू यस क्षेत्रबारे विस्तृत रुपमा जानकार छन् र प्रविधिको प्रयोगमा अगाडि छ । आतङ्ककारीहरू जहाँबाट आएपनि तिनीहरूको एकै दर्शन, भावना र विचारधारा हुन्छन् र आतङ्ककारी गतिविधिलाई कार्यान्वयन गर्ने हुन्छन् । त्यसैले जब हामी सिरियामा रहेका आतङ्ककारीहरूका सङ्ख्या अनुमानै गर्नुपर्दा ती दसौं हजार वा कम्तीमा एक लाखभन्दा बढी भएको अनुमान गछौ । हो तिनीहरूको सिरिया आउने र जाने क्रम पनि चालू छ । तिनीहरूमध्ये केही लडाईमा मारिएका पनि छन् ।

पत्रकार ः राष्ट्रपति महोदय, युरोप र विश्वका औसत जनता सिरियामाथिको आक्रमण र महामहिमलाई सत्ताबाट अपदस्थ गर्नुपर्नाको कारणबारे सोध्छन् । धेरै मानिसहरू तपाईंले अगाडि सार्नुभएको सुधारबारे चर्चा गर्छन् । तपाईंलाई सत्ताबाट हटाउने खुलमखुला खेल हुनुको कारण के हो ?
राष्ट्रपति अस्सद ः कारण पुरानो, सामान्य र स्पष्ट छ । संरा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा देशहरू मूलतः बेलायत र फ्रान्ससहित केही देशहरूसित उपनिवेश हुनुको पीडा छैन । त्यसैले ती देशहरू स्वाधीन राज्यको अस्तित्वलाई मान्दैनन् र समान सम्बन्ध स्वीकार्दैनन् । तिनीहरू आफ्नो नीतिहरू कार्यान्वयन गर्ने उपग्रह राज्यहरूमात्र चाहन्छन् ।
निश्चय नै हामी अन्य देशसित साझा हितको विरुद्धमा कहिल्यै छैनौं, चाहे त्यो विश्वको कुनै देश किन नहोस् । ठूला देशहरूको विश्वव्यापी स्वार्थ हुन्छन् । एक राज्यका रुपमा हाम्रो पनि हाम्रो क्षेत्रमा केही स्वार्थहरू छन् । हामी कुनै पनि महाशक्ति होइनौं, तर जब हामी व्यवहारमा जान्छौं हाम्रो राष्ट्रिय हित वा स्वार्थलाई हेर्ने गर्छौं । ती देशहरूसितको हाम्रो साझा स्वार्थ छन् । तिनीहरू हाम्रो स्वार्थविरुद्ध तिनीहरूको स्वार्थअनुरुप हामी चलोस् भन्ने चाहन्छन् । त्यसैले हामी हाम्रो राष्ट्रिय स्वार्थको रक्षाको निम्ति सधैं नै ती देशहरूसित सङ्घर्षको स्थितिमा छौं । तिनीहरू हामीलाई अधिकारविनाको शान्ति स्वीकारोस् भनी चाहन्छन् । उदाहरणको लागि हामी शान्ति प्रक्रियामा गयौं तर तिनीहरूले शान्ति होइन हाम्रो आत्समर्पण चाहे । जुन तर्कसंगत र सम्भव छैन । तिनीहरू हामीले हाम्रो सार्वभौमिकता त्यागोस् भन्ने चाहन्छन् र अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निर्णय गरेको, महासभाको अत्यधिक बहुमतले पारित गरेको आफ्नो अधिकार छोडोस् भन्ने चाहन्छन् । यस्तै यस्तै धेरै मामिलाहरू छन् जहाँ तिनीहरूले सिरियालाई स्वाधीन देशको रुपमा लिएका छैनन् । त्यसैले पश्चिमा साम्राज्यवादी देशहरू सिरियाविरुद्ध युद्ध गरिरहेका छन् । तिनीहरू सिरियाको वर्तमान सरकारलाई आफ्नो कारिन्दा सरकारले विस्थापित गर्न चाहन्छन् र तिनीहरूको कुत्सित स्वार्थ पूरा गर्न सजिलो पार्न चाहन्छन् ।
अनुवादः प्रकाश
Leave a Reply