प्रजग कोरियामा कोमपा पार्टी विद्यालयको राष्ट्रिय कार्यशाला सम्पन्न
- भाद्र ५, २०८३
सिओल, १६ सेप्टेम्बर । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले प्रजग कोरिया र संरा अमेरिकाबीच आणविक निःशस्त्रीकरणको विषयमा वार्ता पुनः चालू गराउन आफ्नो देशको तर्फबाट सक्दो पहल गर्ने बताउनुभएको छ ।
आफ्ना वरिष्ठ सचिवहरूसँगको बैठकमा बोल्ने क्रममा उहाँले प्योङयाङ र वाशिङ्टनबीचको कार्यमूलक वार्ता चाँडै सुरु हुने बताउनुभयो ।
मुनले आफ्नो देशले कोरिया प्रायःद्वीपको शान्तिपूर्ण समाधान र शान्ति अर्थतन्त्रसहित भविष्यको आपसी समृद्धिको लागि गर्नुपर्ने सबै काम गर्न खुला रहने बताउनुभएको छ ।
प्रजग कोरियाका प्रथम सहायक विदेशमन्त्री छोइ सोन हुईले गत साता प्योङयाङ सेप्टेम्बरको अन्तिमतिर सहमति भएको स्थान र समयमा संरा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभयो । त्यो वार्तामा दुई देशबीच बाँकी रहेका विषयमा कुरा गर्न चाहेको प्रजग कोरियाली प्रतिनिधिले बताउनुभएको थियो ।
प्रजग कोरियाको लागि संरा अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बेगनले गएको महिना सिओल भ्रमणको क्रममा आफ्नो देश कोरियाली प्रायःद्वीप निःशस्त्रीकरणको लागि कार्यमूलक वार्ताको तयारीमा रहेको बताउनुभएको थियो ।
यो महिनाको अन्त्यतिर राष्ट्रपति मुन जाए इन ७४ औँ संरा सङ्घ महासभामा भाग लिन न्यु योर्क जाँदै हुनुहुन्छ । सो क्रममा उहाँको संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग साइडलाइन बैठक हुने बताउनुभयो ।
मुनले कोरिया प्रायःद्वीपको शान्ति अन्तर्राष्ट्रिय समुदायको संलग्नताले अझ पक्की हुने र प्रायःद्वीपको शान्ति प्रक्रियामा सामेल हुन र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदाय उत्साहित गर्ने बताउनुभयो ।
राष्ट्र सङ्घको बैठकको क्रममा ट्रम्पसँग प्रजग कोरिया र संरा अमेरिकाबीचको वार्तालाई सक्रियतापूर्वक अघि बढाउन आग्रह गर्ने बताउनुभयो ।
Leave a Reply